समाचार »

पोखरा म्याराथनमा वडा ५ ले समेत सक्रिय सहयोग र सहभागिता जनाउँदै

पोखरा । पोखरा म्याराथनलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं ५ ले पूर्र्ण रुपमा सहयोग र सक्रिय सहभागिता जनाउने भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुनको ३ गते आयोजना हुने १४ औं संस्करणको म्याराथनलाई सफल पार्न सक्रिय सहभागिता र सहयोग रहने वडाले प्रतिबद्धता जनाएको छ । पोखरा म्याराथनलाई सफल पार्न सक्रिय सहभागिताका लागि उक्त…

पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ को टेनिस तयारी

पोखरा । पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ प्रतियोगिता हुने भएको छ । ईन्टरनेशनल टेनिस फेडरेशन (आइटीएफ) को संयोजन र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा भोली (शनिबार)देखि प्रतियोगिता हुने भएको हो । यद्यपी, प्रतियोगिताको औपचारिक उद्घाटन भने सोमबार हुनेछ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा महिलातर्फ ३२ र…

गण्डकी र प्रदेश ५ राष्ट्रिय हक्की प्रतियोगिताको फाइनलमा

पोखरा । गण्डकी प्रदेश र प्रदेश ५ विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा दुबै टिमले खेल जित्दै फाइनलमा स्थान बनाएका हुन् । उपाधि जितका लागि शुक्रबार गण्डकी प्रदेश र प्रदेश ५ बीच फाइनल…

विभागीय आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमै फर्कियो

काठमाण्डौं । विभागीय त्रिभुवन आर्मी क्लब अर्को जित रच्दै पुनः सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा फर्किएको छ । अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो । बिहीबार नै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मच्छिन्द्र केही समयका लागि शीर्षस्थानमा उक्लेको…

एक दिवसीय क्रिकेट लिग–२ मा ओमानको लगातार दोस्रो जित

पोखरा । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमानले लगातार दोस्रो जित दर्ता गरेको हो । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो । ओमानका…

ढोरपाटन महिला डबल लिगमा पुलिस र न्यू–डायमण्डको जित

काठमाण्डौं । विभागीय नेपाल पुलिस क्लब र न्यू–डायमन्ड स्पोर्टस् क्लबले १५ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो लेगमा जित निकालेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले तीन इरानी खेलाडी सम्मिलित चितवन टाइग्रेसमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा पुलिसले चितवनमाथि २५–१५, २५–१४ र…

पोखरा म्याराथनलाई सफल पार्न वडा नं ११ र १५ को प्रतिबद्धता

पोखरा । पोखरा महानगरपालिकाको वडा नं ११ र १५ ले यहाँ हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा यही फागुनको ३ गते पोखरामा हुने म्याराथनका लागि उक्त म्याराथनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका हुन् । उक्त वडाका वडाध्यक्षहरुले म्याराथनका दिन वडाभित्रका टोलविकास संस्था…

ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीपमा साबिक विजेता एपीएफको अपराजित यात्रा

पोखरा । राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीपमासाबिक विजेता विभागीय सशस्त्र प्रहरी बलको एपीएफले अपराजित यात्रा कायम राखेको छ । काठमाण्डौंको गोङ्गबुको नयाँबसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार चितवन टाइग्रेसलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले जितको यात्रालाई निरन्तरता दिएको हो । एपीएफले चितवनमाथि २५–१०, २५–१८ र २५–१० को सेटमा…

एक दिवसीय क्रिकेट लिग–२ मा ओमानसँग नेपालको हार

पोखरा । आइसीसी विश्वकप लि–२, को एक दिवसीय क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपाल १८ रनले पराजित बनेको छ । एक दिवसीय क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा अल आउट बन्यो । नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारी खेले । दीपेन्द्रसिंह ऐरीले ३६ रनको योगदान दिए । लेगस्पिनर…

राष्ट्रिय हक्की प्रतियोगिता सेमिफाइनल समिकरण पूरा

पोखरा । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गतसेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो चरणका खेल सम्पन्न भएसँगै विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ को टोलीले प्रतियोेगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा विभागीय टोली नेपाली…