समाचार »

नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कार्कीको निधन

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको (शनिबार) निधन भएको छ। बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको ७० वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका कार्कीको पाल्पा  तानसेनस्थित आफ्नै निवास धुँवाघाटमा निधन भएको हो। गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला…

त्रिदेशीय टी–२० क्रिकेटमा नेपाल क्यानडासँग पराजित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ। १२४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर १०९ रन मात्रै बनायो। नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। यस्तै, कुशल मल्लले १२ रन जोडे। देव खनालले ११ रन बनाए। सन्दीप लामिछानेले १०…

दिलबहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्ष

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गुरुङसहित आगामी ३ वर्षका लागि २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल,…

एपीएफका निरोजले जिते पर्वतीय दौडको उपाधि

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि जितेका छन्। पोखरा–२२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा निरोजले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्। पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकीले निर्धारित दुरी…

साफ यु–१७ च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

साफ यु–१७ च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। भुटानमा भएको खेलमा नेपाल भारतसँग ४–२ गोलले पराजित भएको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको ६१ र ६८ मिनेटमा गोल खान पुग्यो। त्यसपछि नेपालले ८२ मिनेटमा गोल फर्कायो। त्यसको ३ मिनेटमै भारतले अर्को गोल थप्दै ३–१ को अग्रता लियो। लगत्तै भारतले अर्को गोल…

नेपाल-भारत गण्डक ब्यारेजका सबै ढोका खोलियो

पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिएका छन्। अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा झण्डै ४ लाख  क्युसेक पानीको बहाव रहेको छ। यसैबीच,…

त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज (शुक्रबार) साँझ ७ बजेदेखि भोलि (शनिबार) बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ। निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि…

पोखरामा पर्यटकलाई नि:शुल्क बसोबास र खानपानको व्यवस्था

४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका ३ पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ। पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका ३ विदेशी पर्यटकलाई यो सम्मान गरिएको हो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई संघले निशुःल्क बसोबास र खानपानको व्यवस्था पुरस्कारस्वरुप मिलाएको जानकारी दिए। अतिथि…

एएफसी यु–२० छनोटबाट नेपाल बाहिरियो

नेपाल एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट हुन असफल भएको छ। न्यु ताइपेई सिटीमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० गोलले हार्न पुग्यो। प्रतियोगिताअनतर्गत नेपालको ४ खेलमा १ जीत र ३ हार भयो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले घरेलु टोली…

अखिल क्रान्तिकारीको महाधिवेशन जारी

अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज (शुक्रबार) बन्दसत्र हुँदैछ। बन्द सत्र बिहान ११ बजेदेखि सुरु हुने जनाएको छ। बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ। बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ। शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्ने…