समाचार »

एएफसी यू–१६ च्याम्पियनसीपमा नेपालको फराकिलो हार

पोखरा । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसीप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो गोल अन्तरले पराजित भएको छ । नेपाल ताजिकिस्तानसँग ७–० गोलको फराकिलो अन्तरले लज्जाजनक हारलाई आत्मसाथ गरेको हो । उक्त खेलमा ताजकिस्तानका लागि मोहमद भोरिस सैदअलिबले ह्याट्रिक पूरा गरेका थिए । ताजकिस्तानले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ३ गोल गर्न सफल भयो…

टी–२० को वरीयतामा नेपाल ११ औं स्थानमा

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० को वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आइसीसीले हालैमात्र अपडेट गरेको टी–२० को नयाँ वरीयतामा नेपाल यथावत रहँदै ११ औं स्थानमा कायम छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै थियो । नयाँ वरीयता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ ।…

पोखरामा आइटीएफ सिनियर टेनिस शुरु

पोखरा । पोखरामा नेपाल आइटीएफ सिनियर्स वल्र्ड ¥याङ्किङ जी–४ टेनिस च्याम्पियनसीप शुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शनिबारबाट शुरु भएको च्याम्पियनसीपमा नेपाल, भारतलगायत तेश्रो मुलुकका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथिका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितालाई एनआइसी एसिया बैंंकले मुख्य प्रायोजन गरेको छ…

महिला राष्ट्रिय टोलीलाई खेल जर्सी प्रदान

पोखरा । शनिबार विहान मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) गेमका लागि बन्द प्रशिक्षणमा रहेका महिला ह्याण्डवलका राष्ट्रिय टोलीलाई जर्सी प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेश कुमार गुरूङले जर्सी उपलब्ध गराएका हुन् । खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या…

सहारा एकेडेमीमा महिला ह्याण्डबल टोली

पोखरा । मंसीरको १५ गते (डिसेम्बर १ तारिख) देखि नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) गेमका लागि बन्द प्रशिक्षणमा रहेका महिला ह्याण्डवल टोलीले पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको भ्रमण गरेको छ । सहारा क्लब, पोखराद्वारा संचालित फुटबल एकेडेमीका किशोर खेलाडीहरुले राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा सहारा एकेडेमीका किशोर खेलाडी कमल…

यू–१८ फुटबल च्याम्पियनसीपमा बंगलादेशको शान्दार जित

पोखरा । बंगलादेशले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसीप फुटबलमा शान्दार जित निकालेको छ । राजधानीको हलचोकस्थित एपीएफको मैदानमा शनिबार भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात समेत गरेको छ । बंगलादेशले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गर्न सफल भयो । खेलको पहिलो मिनेटमै तानबिर हुसेनले गोल गर्दै बंगलादेशलाई…

धीरेन्द्र र राममायाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथन

पोखरा । कर्णाली स्पोटर््सका धीरेन्द्रबहादुर बुढाले जुम्ला–रारा अल्ट्रा म्याराथन अन्तर्गत ४९ किलोमिटर दूरीको दौड जितेका छन् । उनले निर्धारित दूरी ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् । त्यस्तै उक्त स्पर्धामा धीरेन्द्रबहादुर भण्डारी द्धितिय भए । उनले निर्धारित दूरी ५ घण्टा १९ मिनेट ३८ सेकेण्डमा पूरा गरे । विभागीय नेपाली सेनाका…

क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युलाई युएस ओपन टेनिसको उपाधि

युएस ओपन टेनिसको उपाधि क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले जितेकी छन् । युएस ओपनको फाइनलमा आठौँ बरियताकी ३७ वर्षे अमेरिकी सेरेना विलियम्सलाई ६–३ र ७–५ को सोझो सेटमा क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले स्तब्ध पारिन् । सेरेना विलियम्स युएस ओपनको फाइनलमा आएर बिएन्का एण्ड्रिस्क्यूसँग पनि पुनः स्तब्ध भएकी छन् । पछिल्लो समय सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार…

पोखरा सेकेण्डरी र न्यू ग्यालेक्सीलाई मेयर कप बास्केटबलको उपाधि

पोखरा । पोखरा रंगशालाको बास्केटबल कोर्टमा संचालित प्रथम मेयर कप बास्केटबल प्रतियोगिता आइतबार सकिएको छ । प्रतियोगितामा विद्यालय तहको (कक्षा १०) छात्रतर्फ कुमुदिनी होम्स र छात्रातर्फको उपाधि मनकामना बोर्डिङले जितेको छ । त्यस्तै, विद्यालय तहकै (कक्षा १२) को स्पर्धामा छात्रतर्फ पोखरा सेकेण्डरी स्कुल र छात्रातर्फको उपाधि न्यू ग्यालेक्सीले जितेको छ । ब्याचलर छात्रतर्फको उपाधि जनप्रिय…

‘नादेज्दा कप’ महिला फुटबलमा आयोजक कीर्गिस्तानमाथि नेपालको शान्दार जित

पोखरा । कीर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई ८–२ गोल अन्तरले हराउँदै शान्दार जित हात पारेको हो । नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा ४ गोल गरिन् । कीर्गिस्तानविरुद्ध नेपाली महिला टिमले दोस्रो मिनेटमा नै गोलको मौका पाएपनि सदुपयोग गर्न सकेन । सावित्रा…