समाचार »

फिल्म, फिल्मका कलाकार र प्राविधिकहरुलाई राष्ट्रिय अवार्ड वितरण

पोखरा । फिल्म तथा फिल्मका कलाकार र प्राविधिकहरूलाई प्रतिस्पर्धाका रूपमा प्रदान गरिँदै आएको राष्ट्रिय पुरस्कार एकसाथ प्रदान गरिएको छ । एकैपटक तीन वर्षको राष्ट्रिय अवार्ड हस्तान्तरण गरिएको हो । सञ्चार तथा सूचिना प्रविधि मन्त्रालय अन्र्तगतको चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन्…

राष्ट्रपति रनिङ शिल्डमा गण्डकीका युकेशलाई स्वर्ण

पोखरा । गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण जितेका छन् । आइतबार भएको पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझीले रजत र प्रदेश ५ का सुजवकुमार यादवले कास्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले…

सिमोना हालेपलाई विम्बलडन उपाधि

पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप बेलायतमा जारी विम्बल्डन टेनिसको पहिलोपटक उपाधि उचाल्दै । हालेप, विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो । शनिबार भएको फाइनलमा सातौं वरीयताकी हालेपले बेलायती सेरेना विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । हालेपले…

थाइल्यान्ड ओपन करातेमा नेपाललाई १ रजत १ कास्य पदक

पोखरा । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको हो । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा थोरै अंकले स्वर्ण पदक जित्नबाट…

टी–२० शृंखलामा मलेसियामाथि नेपालको क्लिन स्वीप

पोखरा । नेपालले मलेसियासँगको दुई अन्तराष्ट्रिय टी–२० शृंखलामा ऐतिहासिक क्लिन स्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २–० ले शंखला क्लिन स्वीप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार, १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा…

पोखरा रंंगशाला प्राकृतिक नै बन्नुपर्छ : सदस्य सचिव

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले भने, ‘पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै हुनुपर्छ । आर्टिफिसियल मैदान बनाउने होइन । मैले प्राविधिकहरुसँगको छलफलमा त्यही किसिमले निर्देशन…

टी–२० क्रिकेट शृंखलामा मलेसियामाथि नेपालको शान्दार जित

पोखरा । दुई खेलको टी–२० शृंखलामा घरेलु मलेसियामाथि नेपालले पहिलो खेलमा शान्दार जित निकालेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको ट्वेन्टी–२० क्रिकेटको शृंखलामा पहिलो खेलको जितसँगै नेपालले अग्रता लिएको छ । मलेसियाले दिएको १ सय २९ रनको लक्ष्य पछ्याउने…

साग गेम तयारीका लागि महिला भलिबलको प्रशिक्षण शुरु

पोखरा । राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शनिवारदेखि शुरु भएको छ । नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर महिलाहरुको राष्ट्रिय भलिबल टिमको प्रशिक्षण थालिएको हो । आगामी डिसेम्वरमा काठमाडौं र पोखरामा हुने सागका लागि महिला टोलीको प्रशिक्षण सुरु गरिएको नेपाली भलिबलकी मूख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी गराइन् । शनिवार, पहिलो…

केन्द्रीयस्तरको राष्ट्रपति कप रनिङ शिल्ड आजबाट

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार (आज) देखि सुरु हुँदैछ । केन्द्रीयस्तरको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी लगायतका ६ खेलमा प्रतिस्पर्धा हुनेछन् । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहने प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । भलिबल…

फरक धारको तिज गीत ‘नाच दिदी वहिनी’बजारमा

पोखरा । यस वर्ष नेपाली नारीहरुको महान पर्व तिज आउन अझै डेढ महिना बाँकी छ । तर, कलाकारहरुलाई भने तिज गीतको रन्कोले छोइसकेको छ । केही कलाकारहरुले तिज गीतलाई बजारमा ल्याइसकेका छन् । केही कलाकारहरु गीतको तयारीमा छन् । केही कलाकारहरु भने यसपालीको तिजमा कसरी फरक ढंगले गीत मार्फत प्रस्तुत हुने भन्ने सोंचमा छन् ।…