समाचार »

गर्व गर्न लायकको पूर्वाधार बन्छ : सदस्य सचिव सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पोखरामा नवौ राष्ट्रिय खेलकुदका लागि बन्ने पूर्वाधारहरु गर्व गर्ने लायकको हुने गरी निर्माण हुने बताएका छन् । कास्की जिल्ला खेलकुद बिकास समितीले जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारि सँगको अन्तक्रियामा अध्यक्ष सिलवालले भने, ‘नयाँ सोच र खोजका साथ अगाडि बढ्नुपर्ने हुन्छ । खेलकुदमा हाल…

कास्की जिल्ला प्रदेशस्तरिय राष्ट्रपति रनिङशिल्ड च्याम्पियन

पोखरा । कास्की जिल्ला गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । यो सँगै कास्कीले लगातार ११ औं पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ । कास्कीले १९ स्वर्णसहित उपाधिमाथि आफनो आधिपत्यलाई कायम राख्न सफल भएको हो । कास्कीले एथलेटिक्सतर्फ १२ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । नवलपुरले…

स्लाइड्ली परिवर्तन भएको सपनालाई एचआइभी संक्रमित गोपालले पूरा गरेरै छाडे

यसै सिजनको गत मे २२ तारिख (जेठ ८ गते बुधबार) का दिन एचआइभी संक्रमित पोखरेली गोपाल श्रेष्ठले एभरेष्ट आरोहण गरेर विश्वसामु नयाँ सन्देश दिए । सगरमाथा शिखर आरोहणबाट गोपालको पहिलो सन्देश थियो, ‘एचआइभी संक्रमितहरु पनि शारिरीक, मानिशक रुपले समाज, राष्ट्र र विश्वका लागि केही गर्न सक्छन् ।’ ‘आफूलाई आत्मलाञ्छना लगाएर र हिनतावोध बोकेर स्वयं एचआइभी…

भारतलाई हराउँदै न्यूजिल्यान्ड आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा

न्यूजिल्याण्ड एकदिवसीय विश्वकप क्रिकेट–२०१९ को फाइनल पुगेको छ । उपाधिको बलियो दाबेदार मानिएको भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्डले एकदिवसीय विश्वकप क्रिकेट २०१९ को फाइनलमा स्थान पक्का गरेको हो । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमाञ्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्यूजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र…

हेमजाको गौरीशंकर माविले जित्यो राष्ट्रपति कप रनिङ शिल्ड

पोखरा । हेमजाको गौरीशंकर मावि ११ औं संस्करणको कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । गौरीशंकरले ९ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ७ स्वर्ण पदक जित्दै टप्स बोर्डिङ स्कूलले दोस्रो स्थानमा चित्त बुझाएको छ । कुमुदिनी होम्स भने ३ स्वर्णसहित तेस्रो स्थानमा रह्यो । मंगलबार भएको…

नेपाललाई एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

पोखरा । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू–१९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४…

सान कराते टोलीको बिदाई

पोखरा । मित्र राष्ट थाइल्याण्डको बैककमा आयोजना हुने थाइल्याण्ड खुल्ला कराते च्याम्पयनसीपमा सहभागी नेपाली टोलीको विदाई गरिएको छ । खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले उनीहरुलाई बिदाई गरेका हुन् । असारको २५ देखि २९ गतेसम्म आयोजना हुने च्याम्पियनसीपमा सहभागी हुन जाने नेपाली टोलीको नेतृत्व खेलकुद बिज्ञान प्रतिष्ठानका उपनिर्देशक तुलसीकुमार महर्जनले गर्नेछन् । प्रशिक्षकमा रामकृष्ण खड्गी…

कराते राष्ट्रिय टोलीको बिदाई

पोखरा । थाइल्याण्डको बैंककमा हुने खुल्ला कराते च्याम्पियनसीपमा सहभागी टोलीलाई सोमबार विदाई गरिएको छ । राष्ट्रिय टिममा रहेर १३ औं दक्षिण एशियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराते टोलीलाई राजधानीमा आयोजित एक कार्यक्रमबीच विदाई गरिएको हो । मित्र राष्ट्र थाइल्याण्डको बैंककमा यही असारको २५ देखि २९ सम्म आयोजना हुँदै छ । नेपाली टोली मंगलबार थाइल्याण्डतर्फ…

राखेप सदस्य सचिव सिलवालद्धारा सपथ ग्रहण

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य सचिव नवराज सिलवालले पद तथा गोपनीयताको शपथ खाएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई नियुक्ति पत्र प्रदान गर्दै पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । मन्त्री विश्वकर्माले आइतबार सिलवाललाई (राखेप) को नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेका थिए । केशवकुमार बिष्टको चारबर्षे कार्यकाल…

नेपाल एसीसी इस्टर्न रिजनमा फाइनल पुग्यो

पोखरा ।  घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल पुगेको छ । सेमीफाइनलमा ८८ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा भीम सार्की र रोहितकुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट…