एजेन्सी । चर्चित गायिका दीपा तामाङको स्वर र अमाशी राईको शब्द संगीत रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ । अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नरमान राईले गरेका हुन् । ‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ ।…
पोखरा । गायिका शुशिला गौतम आफ्नै तीजको गीत ‘लेउ लाग्यो’ लिएर आएकी छन् । तीज गीतको फिचरिङमा सजिएकी छन् उनै शुशिला गौतम । यस वर्षको तीजमा शुशिलाले आफ्नो युट्युबमार्फत तीजको कोशेली ‘लेउ लाग्यो’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा शुशिला आफैले अभिनय गरेकी छन् । उनलाई अभिनयमा जेम्स बि.क.ले साथ दिएका छन् ।…
‘घ्यु दिन लाएसी विलौनी, दुध दिन लाएसी कुराउनी सबैको घर, तीजको दर, चेलीलाई पु¥याउनी’ पोखरा । गायिका लक्ष्मी मल्ल ठकुरीले ‘माइतीको घर’ लाई यस वर्षको तीज कोसेलीका रुपमा प्रस्तुत गरेकी छन् । मौलिक तीजको भाकामा लक्ष्मीले ‘माइतीको घर’ गाएकी छन् । यस गीतको स्वरमा लक्ष्मीलाई बसन्त थापा र श्रीकृष्ण बम मल्ल ठकुरीले साथ दिएका छन्…
पोखरा । गायिका सुनिता दुलालले यस वर्षको तीजमा ‘चुरा, टिका, लाली’ तीज गीत लिएर आएकी छन् । गायिका सुनिता दुलालले आफ्नो नयाँ तीज गीत ‘चुरा, टिका, लाली’ को म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छन् । आफ्नै नामको यु्ट्युब च्यानलमार्फत सुनिताले उक्त गीतलाई हालैमात्र सार्वजनिक गरेकी हुन् । गीतमा सुनिता आफैले स्वर भरेकी छन् । डा….
पोखरा । गायिका कोपिला गौतमले यस पालिको तीजमा नयाँ गीत ‘आमाले पकाएको दर राम्रो’ लिएर आएकी छन् । कोपिलाको यस गीतको म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको हो । नयाँ शैलीमा प्रस्तुत भएको म्याुजिक भिडियो सहितको उक्त गीतलाई स्वयं कोपिला गौतमले गाएकी हुन् । ‘आमाले पकाएको दर राम्रो, आफैंले रोजेको वर राम्रो’ बोलको गीतमा गोविन्दमधुर…
पोखरा । यस पालिको तीज नजिकिदैं गर्दा गायिका सञ्जिता श्रेष्ठले तीजको कोसेली ‘दर्पण छायाँले’ लिएर प्रस्तुत भएकी छन् । युट्युबमार्फत उक्त गीतको म्युजिक भिडियो हालैमार्फत सार्वजनिक भएको हो । गीतमा गायिका सञ्जिताले सुरिलो स्वर भरेकी छन् । उनलाई गायनमा कमल सुशान्त केसीले साथ दिएका छन् । गायिका सञ्जिताले नै गीतको शब्द रचना गरेकी हुन् ।…
पोखरा । युट्युबमा तीज गीत ‘यसै पाली नाच्ने हो’ सार्वजनिक भएको छ । ‘यसै पाली नाच्ने हो’ तीजको गीतमा अभिनेत्री तथा मोडल अनु शाह र उमादेवी दाहालले फिचरिङ गरेका छन् । गायिका कुसुम दाहाल भट्टराईले गाएकी उक्त गीत युट््युबमार्फत हालैमात्र सार्वजनिक गरिएको हो । गीतमा संगीतकार दीपक शर्माले संगीत र दिग्गज द्यौरालीले लय भरेका छन्…
पोखरा । पत्रकार बास्तोला दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानीत भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित एवं पालिखे परिवारद्वारा स्थापित उक्त पुरस्कार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार बास्तोलालाई प्रदान गरेका हुन् । उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ । आफूले प्राप्त गरेको…
‘घिराम्ला टिपेर पकाउ आमा तरकारी, त्यो तिते करेली खान्न म त नाई नाई । धेरै कर नलाउन हे मेरी आमै, त्यो पापी घरमा जान्न म त नाई नाई ।।’ पोखरा । वरिष्ठ लोक गायिका एवं हरिदेवी कोइरालाले यस पटकको तीजमा प्रस्तुत तीजको गीत ‘तिते करेली’ लिएर आएकी छन् । म्युजिक भिडियोको हालैमात्र युट्युबमार्फत सार्वजनिक…
पोखरा । गायिका छनु गुरुङले यसपालीको तीजमा आफ्नै स्वरमा रहेको तीज गीत ‘छम छमी नाचौन’ लिएर आएकी छन् । मोडल समेत रहेकी छनुले छम छमी नाचौन’मा आफैले फिचरिङ दिएकी छन् । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज नजिकिएसँगै मोडल तथा गायिका छनु गुरुङले उक्त तीज गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेकी हुन् । ‘छम छमी नाचौन’…