समाचार »

यु–२० विश्वकपमा कोरिया पहिलो पटक फाइनलमा

दक्षिण कोरिया पहिलो पटक यु–२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै कोरियाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । कोरियाको जितमा जुन चोइले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पोल्याण्डमा जारी प्रतियोगिताको फाइनलमा अब कोरियाले युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा इटालीको…

एकै खेलमा एण्डोरामाथि अमेरिकाले १३ गोल वर्षायो

फिफा महिला विश्वकप फुटबलमा युनाईटेड स्टेट अफ अमेरिकाले कीर्तिमानी जित निकालेको छ । मंगलबार राति थाइल्याण्डविरुद्धको खेलमा १३–० को जित निकाल्दै अमेरिकाले कीर्तिमानी जित निकालेको हो । अमेरिकाले निकालेको यो जित महिला विश्वकप फुटबलकै सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि, जर्मनीले अर्जेन्टिनाविरुद्ध निकालेको ११–० को जित सर्वाधिक ठूलो अन्तरको जित थियो । फ्रान्सको रिम्समा…

युरो कप छनोटमा एण्डोरामाथि फ्रान्सले ४–० को जित निकाल्यो

युरो कप छनोटमा फ्रान्सले एन्डोरामाथि ४–० को जित निकालेको छ । मंगलबार राति समुह एच को खेलमा विश्वकप विजेता टिमले सहज जित निकालेको हो । पछिल्लो खेलमा टर्कीसँग पराजित भएपछि मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले टिममा सात खेलाडी परिवर्तन गरे । लयमा देखिएको फ्रान्सका लागि केलियन एम्बाप्पेले ११ औ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए…

दक्षिणी अफ्रिकी डी भीलियर्सको प्रस्ताव ढिला आएको कप्तान प्लेसिसको प्रतिक्रिया

दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले सन्यास फिर्ता लिँदै विश्वकप खेल्ने एबी डी भीलियर्सको प्रस्ताव निकै ढिला आएको बताएका छन् । विश्वकप अन्तर्गत वेष्ट इण्डिजविरुद्धको वर्षाले प्रभावित खेलपछि बोल्दै कप्तान प्लेसिसले पूर्व कप्तानले प्रस्ताव गरेको भएपनि त्यो निकै ढिला भएको बताए । विश्वकपमा दक्षिण अफ्रिकाले लगातार खराब प्रदर्शन गरेपछि पूर्व कप्तान डी भीलियर्सले विश्वकप अघि…

भारतीय ओपनर ब्याट्सम्यान धवन पनि तीन साताका लागि आइसीसीको मैदान बाहिर

भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन पनि तीन साता मैदान बाहिर रहने भएका छन् । अष्ट्रेलियाविरुद्धको खेलमा चोट बोकेपछि धवन तीन साता मैदान बाहिर रहने भएका हुन् । मैदान बाहिर रहने भएपछि धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँच खेल गुमाउने भएका छन् । अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनले बुढी औंलाको चोट…

एक दिवसीय विश्वकपबाट अष्ट्रेलियाका अलराउण्डर स्टोनिस बाहिरिए

अष्ट्रेलियाका अलराउण्डर मार्कुस स्टोनिसले इङल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् । क्रिकेट अष्ट्रेलियाले स्टोनिसको स्थानमा मिचेल मार्शलाई टिममा बोलाएको छ । फिटनेसको कारण स्टोनिसलाई टिमबाहिर राखिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । स्टोनिसलाई अष्ट्रेलियाले पाकिस्तानविरुद्ध बुधबार हुने खेलका लागि पनि टिममा राखेन ।

एन्फा उमेर समूह, प्रदेश र साग गेमका प्रशिक्षकहरुको चयन

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूहको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक चयन गरेको छ । एन्फाले मंगलबार दक्षिण एसियाली खेलकुद (साग) टिम, यु–१६, य–१८, यु–१५, बुटवल एकेडमी, धरान एकेडमी र सातै प्रदेशको मुख्य प्रशिक्षक चयन गरेको हो । एन्फाको टेक्निकल टिमले मंगलबार मुख्य प्रशिक्षक घोषणा गरेको हो । एन्फाले नेपालमा आयोजना…

असारको १७ देखि २४ सम्म मलेसियामा एसीसी यु–१९ क्रिकेट

पोखरा । एसीसी यु–१९ इष्टर्न रिजनको आगामी असारको १७ देखि २४ सम्म मलेसियामा हुने भएको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, सिंगापुर, थाइल्यान्ड, भुटान, चाइना र म्यानमार गरी ८ टिमको सहभागी रहनेछ । सहभागी ८ टिमलाई २ समुहमा विभाजन गरिएको प्रतियोगिताको समूह ए मा नेपालसहित चीन, म्यानमार, र सिंगापुर समुह छन् । समूह बी मा…

युरो कप छनोट : १२ खेलमा ४५ गोल

युरो कप छनौट फुटबलमा सोमबार राति १२ खेल भएको छ । १२ खेलमा ४५ गोल भएको छ । खेलहरुमा केही पत्यारिला र केही अपत्यारिला नतिजाहरु आएका छन् । समूह ए को खेलमा कोसोभोले बुल्गेरियालाई ३–२ ले हरायो । चेक गणतन्त्रले मोन्टेनेग्रोलाई ३–० ले हरायो । समूह बी को खेलमा सर्बियाले लिथुआनियालाई ४–१ ले हरायो ।…

वेष्ट इण्डिज र दक्षिण अफ्रिकाले पनि आइसीसी विश्वकपमा बराबरी खेल्यो

इङल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल पनि नतिजाविहीन बनेको थियो । साउथह्याम्पटनमा सोमबार वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इण्डिजको खेल स्थगित भएको थियो । टस हारेर दक्षिण अफ्रीकाले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो…