समाचार »

वेष्ट इण्डिज र दक्षिण अफ्रिकाले पनि आइसीसी विश्वकपमा बराबरी खेल्यो

इङल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल पनि नतिजाविहीन बनेको थियो । साउथह्याम्पटनमा सोमबार वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इण्डिजको खेल स्थगित भएको थियो । टस हारेर दक्षिण अफ्रीकाले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो…

आइसीसी विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेशले अंक बाँडे

एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेलनै सुरु हुन नपाई रद्ध भएको हो । योसँगै दुबै टोलीले एक/ एक अंक बाँडेका छन् । श्रीलंका ४ खेलमा १ मा जित १ मा हारका साथ ४ अंक जोड्दै पाँचौ स्थानमा छ । यसअघि श्रीलंकाले वर्षाको…

नेपालको राष्ट्रिय भलिबलको प्रशिक्षकमा डच हान एबिङ

पोखरा । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ नेपाल आउने भएका छन् । नेपालमा आयोजना हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि डच प्रशिक्षक एबिङ नेपाल आउने भएका हुन् । नेपाल भलिबल संघका सचिव जगदीश भट्टले अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) प्रशिक्षक एबिङलाई नेपाल पठाउन…

पोखरामा खानेपानी शुद्धिकरण योजना : खानेपानी मन्त्री मगरले योजनाको उद्घाटन गरिन्

पोखरा । पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले मंगलबार एक कार्यक्रमबीच शुद्धिकरण योजनाको शुभारम्भ गरिन् । पोखरामा बर्षातको समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको हो । खानेपानी शुद्धिकरण परियोजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१…

पोर्चुगल ‘युइएफए नेसन्स लिग’ च्याम्पियन

 खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै युइएफए नेसन्स लिगको आयोजक पोर्चुगल आफै च्याम्पियन बनेको छ । पोर्टोमा भएको खेलमा दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोलले नै पोर्चुगललाई च्याम्पियन बनायो । खेलको ६० औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोन्कालोले गोल गरेका थिए । पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखेपनि गोल गर्न असफल…

भारतीय क्रिकेटका ब्याट्सम्यान, अलराउण्डर युवराज सिंहले सन्यास लिए

भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्यासको घोषणा गरेका हुन् । युवराजको नाममा विश्व क्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पूरा गर्ने जस्ता दुर्लभ कीर्तिमान छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए…

आइसीसी विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हरायो

इङल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत दुई बलिया टोलीको भिडन्तमा भारतले बाजी मारेको छ । लण्डनमा भएको खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ३६ रनको जित निकालेको हो । भारतले पहिले ब्याटिङ गरेर ५ विकेट गुमाउँदै ३ सय ५२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले पूरै ५० ओभर खेलेर १० विकेट गुमाउँदै ३ सय १६…

प्रधानसेनापति कप भलिबल, फाइनलमा आर्मीसँग गण्डकीको हार

पोखरा । गण्डकी प्रदेशले आयोजक त्रिभुवन आर्मी क्लबसँग प्रधानसेनापति कप भलिबलको फाइनलमा हार बेहोरेको छ । गण्डकीको हारसँगै आयोजक आर्मी चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पहिलो सेट…

फिफा महिला विश्वकपमा ब्राजिल र इटलीको जित

क्रिस्टियनको ह्याट्रिक मद्दतमा ब्राजिलले नवप्रवेशी जमैकामाथि ३–० को जित दर्ता गर्दै महिला विश्वकपमा सुखद सुरुवात गरेको छ । फ्रान्समा जारी विश्वकपको आइतबार राति भएको खेलमा खेलको १५ औं मिनेटमा मिडफिल्डर एन्ड्रेसाको क्रसमा अनमार्क रहेकी क्रिस्टियनले हेडरमार्फत पहिलो गोल गरिन्। निरन्तर दबाब झेलेको जमैकामाथि क्रिस्टियनले ५० औं मिनेटमा दोस्रो गोल गरेर टोलीलाई दोब्बर अग्रता दिलाइन् ।…

नाडाललाई १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि

अष्ट्रियाका डोमेनेक थेमलाई पराजित गर्दै राफेल नाडालले १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । सन् २०१८ को फाइनल नै दोहोरिएको खेलमा थेमको कठिन चुनौतिलाई पन्छाउँदै नाडाल ग्राण्डस्लामको उपाधि १२ पटक जित्ने पहिलो खेलाडी बनेका छन् । उनले थेमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा पराजित गरे । यो नाडाल अब रोजर…