समाचार »

मिडिया काउन्सिल विधेयकको विरोधमा पोखरामा प्रदर्शन

पोखरा । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पोखरा संचारकर्मीले विरोध प्रदर्शन गरेको छन । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अगुवाइमा शनिवार विहान पोखराको महेन्द्रपुलमा संचारकर्मीले मानव साङ्लो जुलुस प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका देशैभरीका संचारकर्मीका मागलाई नेकपा सरकारले कुनै सुनुवाई गरेको छैन ।…

आइसीसी विश्वकप क्रिकेट अस्ट्रेलियाको लगातार दोस्रो जित, वेस्ट इन्डिज १५ रनले पराजित

पोखरा । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार मानिएको अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । अस्ट्रेलियाले दिएको २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५०…

प्रधानसेनापति कप भलिबलमा गण्डकी र आर्मी फाइनल भिड्दै

पोखरा । चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो । गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३, २९–२७ को सेटमा पाखा लगायो । गण्डकीले फाइनलमा विभागीय आर्मीसँग उपाधिका लागि फाइनल खेल्नेछ ।…

मर्निङ स्टारले चुम्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा । अन्नपूर्ण गाउँपालिका सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मर्निङ स्टार माध्यमिक विद्यालयले जितेको छ । तिन दिनसम्म जारी प्रतियोगितामा मर्निङस्टारले कूल ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पार्दै उपाधि चुमेको हो । उपाधिसँगै मर्निङ स्टारले नगद १५ हजार, शिल्ड, कप र प्रमाणपत्र पुरस्कार पाएको छ । त्यस्तै उमा माध्यमिक…

लमजुङको मध्यनेपाल नगरपालिका–६,र्लेटारमा दिदीबहिनी भलिवल कप भलिबल प्रतियोगिता शुरु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–६, भोर्लेटारमा दोस्रो भोर्लेटार दिदीबहिनी भलिवल कप भलिबल प्रतियोगिता शुरु भएको छ । दिदीबहिनी क्लब भोर्लेटारको आयोजनामा शुरु उक्त प्रतियोगिताको एक समारोहबीच सोही वडाका अध्यक्ष विष्णुभक्त पौडेलले उदघाटन गरे । प्रतियोगितामा लमजुङका अतिरिक्त काठमाडौं, पोखरा, दमौलीलगायतका भलिबल टिमहरुको सहभागिता छ । लिगका आधारमा खेलाइएको उक्त प्रतियोगिताको उद्घाटन खेल आयोजक भोर्लेटार दिदीबहिनी…

प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठलाई टीभीएस वर्ष खेलाडी अवार्ड

पोखरा । प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ टीभीएस वर्ष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गर्दै आएको चौथो संस्करणको टीभीएस अपाचे स्पोर्टस् अवार्डमा उनीहरु गण्डकी प्रदेशकै वर्ष खेलाडी बन्न सफल भएका हुन् । वर्ष खेलाडीमा पुरुषतर्फ युकेशले टीभीएस अपाचे मोटरसाइकल र महिलातर्फ सुस्मी श्रेष्ठले टीभीएस वीगो स्कूटरको…

आज, टीभीएस अपाचे चौथो स्पोर्टस् अवार्ड

पोखरा । टीभीएस अपाचे चौथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड आज हुँदै छ । पोखरा सभागृहमा शुक्रबार दिउँसो १ बजे हुने सो कार्यक्रम मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ । निर्धारित समय १ घण्टा अघि सारिएको हो । अवार्ड कार्यक्रमलाई सफल बनाउन यतिखेर आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी सक्रियतासाथ लागेको छ । मञ्चका अध्यक्ष…

ताइपेसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बराबरी खेल्यो

पोखरा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ औं स्थान माथिको चाइनिज ताइपेसँग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले चाइनिज ताइपेसँग १–१ गोलको बराबरी खेल्यो । फिफा वरीयतामा १२५ औं स्थानमा रहेको चाइनिज ताइपेविरुद्ध नेपालले सुरुवाती गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो । १६१ औं स्थानमा रहेको नेपाल पहिलो हाफमा १–०…

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिस फाइनल भिड्ने

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा विभागीय डर्बी क्लब एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । अब पुलिसले शनिबार हुने फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी प्रदेश ३ लाई हराएर…

फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा आज रोजर फेडेरर र स्पेनका राफेल नाडाल भिड्दै

पोखरा । यस वर्षको दोस्रो ग्रान्डसलाम फ्रेन्च ओपनको सेमिफाइनलमा स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनका राफेल नाडाल भिड्दैछन् । शुक्रबार हुने सेमिफाइनल भिडन्तमा यी दुईबीच प्रेन्च ओपन टेनिसमा आठ वर्षपछि आमने–सामने हुन लागेका हुन् । पछिल्लो पटक २०११ मा नाडालले फेडेररलाई पराजित गरेका थिए । यस प्रतियोगितामा यि दुईबीचको यो दोस्रो भेट समेत हो । फेडेरर…