समाचार »

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम पूरा भयो

पोखरा । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीको भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन–आइओसीसँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन,…

प्रधानमन्त्री ओलीले सिंहदरवारमा एभोकाडोको विरुवा रोपे

पोखरा ।  विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आज एभोकाडोको विरुवा रोपण गरेका छन् । एक नेपाली, एक फलफुलको विरुवा रोपण गरेर प्रधानमन्त्री ओलीले अभियानलाई निरन्तरता दिएका हुन् । गत वर्ष वातावरण दिवसकै अवसरमा प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोपेर एक नेपाली, एक फलफुलको विरुवा रोपण अभियानको शुभारम्भ गरेका थिए । सोही…

प्रधानमन्त्री के.पी. शर्मा ओली यही जेठको २५ देखि युरोपका विभिन्न मुलुकहरुको भ्रमणमा निस्कदै

पोखरा । प्रधानमन्त्री के.पी. शर्मा ओली यही जेठ २५ गते युरोपका विभिन्न मुलुकहरुको भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीले यही जेठ २५ गते देखि असार १ गतेसम्म युरोपका विभिन्न मुलुकहरुको भ्रमण गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओली अन्तराष्ट्रिय श्रम संगठन आइएलओको…

विप्लव समूहका पोलिटब्युरो सदस्य पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश

पोखरा । विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्  । विप्लव समूहका पोलिटब्युरो सदस्यसमेत रहेका राई आइतबार नेकपाको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा पार्टी प्रवेश गरेका हुन् । नेता राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित सभासदसमेत हुन् । नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव…

सगरमाथाको उचाई मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

पोखरा । सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाई मापन गरेर फर्किएका छन् । शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए । ८ हजार मिटर भनेको डेन्जर जोन…

अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तरगत घान्द्रुकमा भलिबल र बास्केटबल सम्पन्न

अन्नपूर्ण\देउराली । अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तरगत घान्द्रुकमा भलिबल र बास्केटबल सम्पन्न भएका छन् । चारदिनसम्म चल्ने महोत्सवमा भलिबल र बास्केटबलका प्रारम्भिक चरणका खेलहरु सम्पन्न भएका हुन्् । प्रमुख अतिथि विजयकुमार गच्छदारले खेलका मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरि महोत्सवको उद्घाटन गरेका हुन् । दोस्रो अन्नपूर्ण म्याराथनका लागि एबीसी प्रस्थान गरेका धावकहरु देउराली पुगेका छन् । म्याराथन…

पोखरामा ३ महिने हाते तान बुनाई, २ महिने सिलाई तथा १ महिने गुडिया बनाउने तालिम सुरु

पोखरा । पोखरामा ३ महिने हाते तान बुनाई, २ महिने सिलाई तथा १ महिने गुडिया बनाउने तालिम सुरु भएको छ । महिला सीप विकास संस्था पोखराको आयोजनामा उक्त तालिमहरु सुरु भएको हो । उक्त तालिमको एक कार्यक्रमका बीच शुक्रबार प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै…

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो हार

पोखरा । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विभागीय एपीएफसँग ६ विकेटले हारेको छ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गण्डकी प्रदेशमाथि ६ विकेटले पराजित गरेसँगै लगातार तीन जितसहित एपीएफले सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३…

फिफा यु–२० विश्वकपमा ट्रिपल ह्याट्रिकसहित ब्राउट हल्याण्डले बनाए आफ्नो नाममा नयाँ रेकर्ड

पोखरा । नर्वेका १८ वर्षीय युवा फरवार्ड इर्लिङ ब्राउट हल्याण्डले एउटै खेलमा ९ गोल गरेर विश्व कीर्तिमान बनाएका छन् । पोल्यान्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा हल्याण्ड एक्लैले नौ गोल हानेर फुटबल जगतमा सनसनी मच्चाएका हुन् । हल्याण्डको ९ गोलको मदतमा नर्वेले यु–२० को इतिहासमा सबैभन्दा फराकिलो जित निकाल्दा हल्याण्डले पनि रेकर्ड बनाए ।…

आइसीसी विश्वकप क्रिकेट, वेष्ट इण्डिजको विजयी शुरुवात

पोखरा । इङल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको तेस्रो खेलमा वेष्ट इण्डिजले विजयी सुरुवात गरेको छ । खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो । इङल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले…