समाचार »

टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डबारे खेलकुदकर्मीसँग छलफल, सहयोगको प्रतिबद्धता

पोखरा । टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५ को मिति नजिकिँदा नेपाल खेलकुद पत्रकार मञ्चले विहीवार खेलकुदकर्मीसँग छलफल गरेको छ । पोखरा रंगशालामा भएको छलफलमा विभिन्न खेलकुद संघका पदाधिकारी तथा सदस्यको सहभागिता थियो । सहभागीले स्पोर्ट्स अवार्डले खेल र खेलाडीको विकासमा सघाउ पु¥याएको भन्दै यसको निष्पक्षता र पारदर्शीताको खाँचो औल्याए । उनीहरुले अवार्ड कार्यक्रमलाई सभ्य…

दोहोरियो सन्दीपको सीपीएल यात्रा, ८० लाखमा बार्बाडस ट्रीडेण्टससँग अनुवन्ध

पोखरा । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडस ट्रीडेण्टसमा अनुबन्धित भएका छन् । वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लीग सीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बार्बाडसले अनुबन्ध गरेको हो । बेलायतको लण्डनमा भएको खेलाडी चयनमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप करिव ८० लाख रुपैयामा अनुबन्धित भएका हुन्…

रारा ताल : ट्रेल रन म्याराथन

मुगु जिल्लाको रारामा नेपाली सेनाले आयोजना गरेको टे«ल रनमा दीर्घबहादुर बुढा प्रथम, धीरबहादुर बुढा दोश्रो, नवराज साउट तेश्रो, भिमबहादुर बुढा चौंथो र कनका सुन्दरी–१ का प्रकाश कठायतले पाँचौ स्थानका विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । म्याराथुन प्रतियोगितामा सहभागी खेलाडीले रारा ताल वरपरको १५ किलो मिटर दुरी पार गरेका थिए । नेपाली सेनाको आयोजना, रारामा रहेको…

मेस्सीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनियन राष्ट्रिय टिमको घोषणा

पोखरा । कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ । आगामी १४ जुनदेखि ७ जुलाईसम्म हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी र म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो टिममा फर्किएका छन् । चर्चित खेलाडीहरुको बाहुल्यता रहेको टिममा लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज र म्याटिस…

नेपाली महिला राष्ट्रिय फुटवलकी स्टार फरवार्ड सावित्रा ‘साम्बा’ को टिम सेथु एफसी हिरो आइडब्लुएलको च्याम्पियन बन्यो

पोखरा । सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जितेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबमाथि ३–१ को जित निकाल्दै उपाधि जितेको हो । सेथुले प्रतियोगितामा खेलेको सबै खेल जित्दै उपाधि कब्जा गरेको हो । पञ्जावको लुधियानास्थित गुरु…

एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखे

पोखरा । एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन् । ‘नेभर गिभ अप’ लक्ष्यबाट…

पोखरा थिएटरको सातौं प्रस्तुती ‘तिर्खा’ मञ्चनको तयारी पूरा

पोखरा । पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुनेछ । नाटक अमेरिकी नाटककार युजिन ओनिलले लेखेका हुन् । जसको परिकल्पना तथा निर्देशन चे…

पोखरा महानगरपालिकाको वडा नं २५ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा

हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना वडा घोषणा गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच वडा सचिव ईश्वरी पोख्रेलले वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्यङ्क अनुसार १६० जना बालबालिका रहेको र उनीहरुलाई पूर्णरुपमा खोप लगाइएको बताइन् ।…

सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुग्यो

पोखरा ।  सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको समाचार छ । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ ।…

विवादास्पद भिडियो सार्वजनिक भएपछि अष्ट्रियामा सत्तारुढ फ्रिडम दलका नेता र मन्त्रीहरुद्धारा सामूहिक राजिनामा

विवादास्पद भिडियो सार्वजनिक भएपछि अष्ट्रियामा सत्तारुढ फ्रिडम दलका नेता र मन्त्रीहरुको एउटा विवादास्पद भिडियो सार्वजनिक भएपछि उनीहरुले सामूहिक रुपमै सरकार छोडेका छन् । पार्टी र सत्ताको प्रभाव बढाउन एक रुसी सम्भ्रान्त घरानाकी महिलासंग व्यवसायिक साँठगाँठ गरेको तथ्य बिहिरिएपछी त्यहाँका भाइस चान्सलर सहित सरकारमा सहभागी फ्रिडम पार्टिका नेताहरु राजिनामा दिन बाध्य भएका हुन् । राजिनामा दिनेमा…