समाचार »

पाँचथर सामूहिक हत्याकाण्ड : भाग्न सफल घाइते सीता खजुम घटनाको साक्षी

पोखरा । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जना सदस्यको धारिलो हतियार प्रहार गरी हत्या गरिएको समाचार छ । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा…

जेठको २० गते दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन

काठमाण्डौं । अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण यही जेठ महिनाको २० गते आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा सञ्चालन गरिने जानकारी गराएको थियो । म्याराथनमा नेपाली र विदेशी गरी करिब १ सय जनाले दौडने आयोजकले जनाएको छ । ४२ सय मिटर उचाइबाट…

हप्ता दिनमै दुई पटक सगरमाथा आरोहण गरेर कामीरिताले फेरी आफ्नै अर्को रेकर्ड तोडे

पोखरा । कामीरिता शेर्पाले आफनै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका साहसिक आरोही शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेको सगरमाथा आधारशिविरबाट सरकारका सम्पर्क अधिकृतहरुले जानकारी दिएका छन् । जेठ १ गते बिहान ७ः५० बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा २३…

यस सिजनमा दोस्रो पटक सगरमाथा चढेर अर्को रेकर्ड बनाउने कामीरिताको घोषणा

सोलुखुम्बु । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन् । यस सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर अर्को नयाँ रेकर्ड बनाउने कामीरिताले बताएका छन् । अर्को हप्ता कामीरिताले पुनः दोस्रो आरोहण सफल बनाए भने उनको सगरमाथा आरोहण २४ पुग्नेछ । उनले आफैले बनाएको सगरमाथा आरोहणको अर्को रेकर्डलाई तोड्नेछन् । विश्वकै सर्वोच्च…

१६ वर्ष उमेर समुहका छात्र/छात्रालाई पोखरामा बास्केट बल प्रशिक्षण शुरु

पोखरा । कास्की जिल्ला बास्केट बल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केट बल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले एक कार्यक्रमबीच प्रशिक्षणको उद्घाटन गरेका हुन् । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १०…

प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’ लाई गण्डकी वाङ्मय पुरस्कार

पोखरा । प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’लाई ०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् । डा अधिकारीका अनुसार जेठ ८ गते गोकुल जयन्तिका दिन ‘निर्जीव’लाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ । संगमको हालै…

विश्व फुटबलर ओजिल मेसुटको सगरमाथा आधार शिविरमा चर्चा

पोखरा । वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन् । पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ । सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन् । यसै क्रममा चर्चित विश्व फुटबलर मेसुट ओजिलको जर्सीसमेत सगरमाथको आधार शिविरमा प्रदर्शन गरिएको…

सगरमाथा आरोहण : यसरी बनाइन्छ सर्वोच्च शिखर जाने बाटो

पोखरा । सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ । त्यसभन्दा माथि आरोहीहरू स्वयंले बाटो बनाउँछन् । आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ । यस पटक…

कीर्तिमानी कामिरिता शेर्पाको सगरमाथा आरोहणमा अर्को विश्व रेकर्ड

सोलुखुम्बु । कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखरमा सफल आरोहण गरेका छन् । यो सँगै कामिरिताले सगरमाथाको सर्वोच्च चुचुरोमा पुगेर आफ्नै कीर्तिमानलाई तोड्न सफलसमेत बनेका छन् । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धेरै पटक पुग्ने व्यक्तिहरुमध्ये कामिरिताले आफूलाई अग्रस्थानमा राख्न सफल भएका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा…

शेर्पाहरु सगरमाथाको चुचुरोमा : फोटो फिचर

हाई अल्टिच्युडका स्वदेशी ८ जना शेर्पा गाइडहरु यस वर्षमा सबैभन्दा पहिले सगरमाथा शिखरमा पुगेका छन् । सगरमाथको चुचुरोमा पुग्ने शेर्पाहरुमा लामाबगर दोलखाका सिद्धबहादुर तामाङ, मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङफुर्वा शेर्पा, सोलुखुम्बु खुम्जुङका दोर्जी ग्याल्जेन शेर्पा र पासाङ दावा शेर्पा छन् । उनीहरु सबै काठमाडौंको हिमालयन गाइड्स एक्सपिडीसन कम्पनीमा…