समाचार »

त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज (शुक्रबार) साँझ ७ बजेदेखि भोलि (शनिबार) बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ। निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि…

पोखरामा पर्यटकलाई नि:शुल्क बसोबास र खानपानको व्यवस्था

४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका ३ पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ। पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका ३ विदेशी पर्यटकलाई यो सम्मान गरिएको हो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई संघले निशुःल्क बसोबास र खानपानको व्यवस्था पुरस्कारस्वरुप मिलाएको जानकारी दिए। अतिथि…

एएफसी यु–२० छनोटबाट नेपाल बाहिरियो

नेपाल एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट हुन असफल भएको छ। न्यु ताइपेई सिटीमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० गोलले हार्न पुग्यो। प्रतियोगिताअनतर्गत नेपालको ४ खेलमा १ जीत र ३ हार भयो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले घरेलु टोली…

अखिल क्रान्तिकारीको महाधिवेशन जारी

अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज (शुक्रबार) बन्दसत्र हुँदैछ। बन्द सत्र बिहान ११ बजेदेखि सुरु हुने जनाएको छ। बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ। बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ। शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्ने…

अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन सुरु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विद्यार्थी भातृ मोर्चाको राष्ट्रिय बिहीबारदेखि काठमाडौंमा सुरु भएको हो। पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन्। नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रीत रहेर सम्मेलन ४ दिनसम्म चल्नेछ। त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा…

१५९ जना वकिलहरु बने वरिष्ठ अधिवक्ता

देशभरबाट १५९ जना वकिलहरु देशको वरिष्ठ अधिवक्ता बनेका छन्। उपाधि दिइएको छ । बिहीबार बसेको सर्वोच्च फुलकोर्टको बैठकले  १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत उनीहरुलाई वरिष्ठ अधिवक्ता बनेको जानकारी गराएको छ। पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, डा. भीमार्जुन आचार्य, बारका पूर्वमहासचिव खम्मबहादुर खातीलगायत वरिष्ठ अधिवक्ताको सूचीमा छन्।  …

पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक दौडदैं

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक दौडदैंछन्। ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ। यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४…

संस्कारमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परिक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्यांकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन्। ‘मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो। यसलाई…

सन्दीपको अलराउन्डर वरीयतामा २२ स्थान सुधार

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ४१ औँ स्थानमा उक्लिएका हुन्। अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८ औँ, कुशल मल्ल ५१ औँ, सोमपाल कामी ५३ औँ, करण केसी ७६ औँ, गुलशन झा ९०…

साफ यु–१७ च्याम्पियनसीपमा नेपाल सेमिफाइनल पुग्यो

१७ वर्ष मुनिको साफ च्याम्पियनसीपमा घरेलु टोली भुटानलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। भुटानको राजधानी थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालको जितमा कृष्णबहादुर आले र सुजन डंगोलले गोल गरे। घरेलु टोली भुटानका योनतेन थारचेनले गोल गरे। यो नेपालको दोस्रो जित हो। समूह चरणको…