समाचार »

पोखरामा आसन्न काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा

पोखरा, २७ चैत । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलन चैत्र २८ र २९ गते हुँदैछ । सम्मेलनको उद्घाटनसत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका सभापति…

कामना सेवा विकास बैंक र साहारा हस्पिटल प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता

पोखरा, २७ चैत । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रालि पोखराबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार अब बैंकका संपूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु…

सीप सिकेर आत्मनिर्भर बन्न पोखरा महानगरकी उपप्रमुख मञ्जु गुरुङको आग्रह

पोखरा २७ चैत । महिला सीप विकास संस्थाको आयोजनामा तीन महिने हाते तान बुनाई र २० डोरी बाटने तालिम दिएको छ । तालिममा ९७ जना महिला सहभागी भएको सीप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । तालिमको समापन गर्दै एक कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । महिलाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले…

पाँच वर्षमा सबै सुकुम्वासीले लालपुर्जा पाउने गण्डकी प्रदेश सांसद प्रभा कोइरालाको दावी

पोखरा, २६ चैत । गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको पाँच वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने वताएकी छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार पोखरामा भएको नयाँवर्षको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोइरालाले भनिन्, ‘धेरै आन्दोलनहरु गरेर जनताले खोजेको शासन आएको छ । अब जुलुस निकाल्ने,…

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयक संशोधन गर्न गण्डकी प्रदेशका मन्त्री हरि चुमानको माग

पोखरा, २६ चैत ।गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले केन्द्रीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेश गरेको विधेयकलाई संसोधन गर्न माग गरेका छन् । ‘विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारले कानून बनाउन पर्दैन,’ मन्त्री चुमानले भने, ‘उक्त विधेयक संसोधन गर्न माग गर्दछु…

ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयकसहित गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

पोखरा, २६ चैत । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’, ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् । ‘ताल संरक्षण तथा विकास प्राधिकरण…

असिना पानीले म्याग्दीमा लाखौं मूल्य बराबरको अन्नबालीमा क्षति

गलेश्वर/पर्वत, २५ चैत । केही दिनदेखि लगातार परेको असिना पानीले म्याग्दीमा लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको…

२०१९ को डिसेम्बरभित्रै साग गेम हुने नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठको दावी

पोखरा, २३ चैत । नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमै हुने दावी गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा हुने आगामी साग डिसेम्बर १ देखि १० सम्म गर्ने तयारी भएको दावी गरेका हुन् । साउथ…

क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको अध्यक्षमा थापा

पोखरा, २३ चैत । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको अध्यक्षमा बेलबहादुर थापा चयन भएका छन् । संघको शुक्रबार सम्पन्न पाँचौं अधिवेशन तथा नवौं साधारणसभाले तीन वर्षे कार्यकालका लागि थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दानबहादुर क्षत्री र सागर गिरी, सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ छन् । सदस्यमा टुकदेवी पुन,…

नेपाल खेलकुद पत्रकार मञ्चको सल्लाहकारहरुलाई स्वागत र सम्मान

पोखरा, २१ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सल्लाहकारको स्वागत तथा सम्मान गरेको छ । मञ्चको गत चैत ८ मा सम्पन्न दोस्रो बैठकले सात सदस्यीय सल्लाहकार मनोनीत गरेको थियो । पोखरामा बुधबार आयोजित सल्लाहकार स्वागत तथा पोखरा स्पोर्टस् अवार्डबारे प्रारम्भिक छलफल कार्यक्रममा मञ्च संस्थापकतर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष तर्फबाट त्रिभुवन…