समाचार »

प्रधानमन्त्री कप महिला टी–२० मा प्रदेश १, गण्डकी र एपीएफको जित

पोखरा । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा प्रदेश १ विजयी बनेको छ । प्रतियोगिताको पाँचौ खेलमा प्रदेश नम्बर २ र प्रदेश १ बीचको खेलमा प्रदेश १ ले ८ विकेटले जित निकाल्यो । प्रदेश २ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियोे । फलस्वरूप प्रदेश २ ले निर्धारित २०…

बीच भलिबल लिग चरणमै जारी

पोखरा । पोखरामा जारी बीच भलिबल प्रतियोगिता अन्तरगत लिग चरणकै खेलहरु जारी छन् । प्रतियोगिता अन्तरगत शुक्रबार महिलातर्फ १० र पुरुषतर्फ ७ लिग चरणका खेलहरु भए । महिलातर्फको खेलमा कर्णाली ‘ए’ ले कर्णाली ‘बी’ लाई २१–१७ र २१–१५ को सोझो सेटले हरायो । दोस्रो खेलमा आर्मीले प्रदेश ५ ‘बी’माथि २१–१७ र २१–१६ को सोझो सेटले…

कास्कीको अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि र पर्यटनलाई आर्थिक समृद्धि र विकासको आधारका रुपमा लिदै प्राथमिकतामा राखेको छ । गाउँपालिकामा आयोजित आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण सभामा अध्यक्ष युवराज कुँवरले कृषि र पर्यटनलाई यहाँको समृद्धि र विकाससँग जोड्ने बताए । निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीति अवलम्बन गर्दै गाउँपालिकाले युवा…

बीच भलिबल प्रतियोगितालाई बजेटको अभाव हुन दिइने छैन : अध्यक्ष प्रचण्ड

पोखरा । पोखराको फेवाताल किनारमा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । अध्यक्ष दाहालले कार्यक्रममा बोल्दै वीच भलिबल प्रतियोगिताका लागि बजेटको अभाव हुन नदिने औंल्याए ।  अध्यक्ष दाहालले खेलकुदको क्षेत्रलाई आफूले उच्च प्राथमिकतामा राखेको…

पोखरामा बीच भलिबल शुरु, पुरुषतर्फ गण्डकी ‘ए’ को जित

पोखरा ।  पोखरामा छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता शुरु भएको छ । पोखराको फेवाताल किनार वाराहीघाट बीच भलिबल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता अन्तरगत पुरुषतर्फको गण्डकी ए र नेपाल पुलिस बी बीचको उद्घाटन खेलमा गण्डकीले २१–१२ र २१–१२ को सोझो सेटमा नेपाल पुलिसलाई हरायो । पुरुषतर्फकै आर्मी ए ले…

झिलीमिली बसन्तपुर दरवार : फोटो फिचर

बसन्तपुरमा रहेको गद्दी बैठक घरलाई विविध रंगका बत्ति बालेर रंगीचंगी बनाइएको छ । बिहीवार विश्व शरणार्थी दिवसका अवसरमा युएनएचसीआर को पहलमा गद्दी बैठक घरलाई रंगिन बनाइएको हो । तस्वीर : अनिल आङदेम्बे

गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकियो

पोखरा । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट माथिको छलफल विहीबार सकिएको हो । बजेटमाथिको छलफलको अन्तिम आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सांसदद्धारा बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । जवाफ दिने क्रममा मन्त्री गुरुङले बजेट लक्षित वर्गलाई केन्द्रीत गर्दा…

पोखराको रत्नमन्दिर र हिमागृहलाई सर्वसाधरणको लागि खुल्ला हुन्छ : प्रचण्ड

पोखरा । पुर्व प्रधामन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखराको रत्नमन्दिर र हिमागृहलाई सर्वसाधरणको लागि छिट्टै खुल्ला हुने बताएका छन् । पोखरामा पर्यटन ब्यबसायीहरु संगको भेटमा अध्यक्ष प्रचण्डले रत्न मन्दिर र हिमागृहलाई खुल्ला गरिने बताएका हुन् । ब्यवसायीहरुले गणतन्त्रपछि दरबार संग्रालय भइसकेको अबस्थामा पनि पोखरामा रहेको रत्नमन्दिर र हिमागृह खुल्न नसकेको गुनासो गरेका थिए…

विप्लवसँग वार्ता टोली गठन गरेपनि कुनै प्रगति हुन नसकेको (नेकपा) अध्यक्ष प्रचण्डको प्रतिक्रिया

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘विप्लवले लिएको बाटो देश र उनका लागि पनि हितकर छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मङ्लबार मात्र गुठी विधेयक फिर्ता लिएको प्रसंग उल्लेख गरे ।…

शुरु भयो नेपालमा मनसुन, देशभर फैलन केही समय लाग्ने

पोखरा । नेपालमा मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा…