समाचार »

नेपालमा टिकटक चल्न थाल्यो

नेपालमा टिकटक चल्न थालेको छ। शुक्रबारदेखि टिकटक चल्न थालेको हो। यसअघि, भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि टिकटक चल्न सकेको थिएन। नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ। पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने,…

संगीता पहाडी अर्याल, नेपाल टेलिकमको प्रबन्ध निर्देशक

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। यसअघि, संगीताले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेकी थिइन्। उनी, गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन्। टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको…

लामाचौर तीज महोत्सवको रौनक बढ्दो

यस पालिको २८ औं संस्करणको लामाचौर तीज महोत्सवको रौनक ह्वात्तै बढेको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि सुरु २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को दोस्रो दिन बिहीबार दर्शकको ठूलो भीड लाग्यो। आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ। महोत्सवमा बिहीबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुतिमा दर्शक छमछमी…

वीभागीय डर्बी लामाचौर कप भलिबल पुरुषतर्फको फाइनलमा

विभागीय डर्बी नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी लामाचौर कप भलिबलको पुरुषतर्फ फाइनल भिड्ने भएका छन्। विभागीय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो। नेपाल पुलिसले एक खेलअगावै फाइनलमा स्थान बनाएको थियो। तर, विहिबारमात्रै अन्य टिमको टुंगो भने लागेको हो। बुधबार निर्धारित समयअनुसार विभागीय…

पोखरामा शिक्षासेवी र नमूना सामुदायिक विद्यालयलाई सम्मान

ऐतिहासिक बाटुलेचौर तीज मेलामा विद्यावारिधि हासिल गरेका पोखरेलीलाई सम्मान गरिएको छ। ऐतिहासिक बाटुलेचौर तीज मेलाका आयोजक बडहरबोट आमा समूहले पोखरा–१६ वडाभित्रका शिक्षासेवीहरुलाई सामूहिक सम्मान गरेको हो। तीज मेलाको अवसर पारेर विद्यावारिधि उपाधि हासिल गरेका २५ जना विषयविज्ञ र २ नमूना सामुदायिक विद्यालयलाई बिहीबार सम्मान गरेको हो। विद्यावारिधि गरेका शिक्षासेवीहरु प्राडा टंकनाथ शर्मा, डा. गेहेन्द्रमान उदास,…

न्यू डायमण्ड र एपीएफ लामाचौर कप भलिबल महिलातर्फको फाइनलमा

लामाचौर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र टिपटप न्यू डायमण्ड उपाधिका लागि भिड्ने भएका छन्। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१९, लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन्। बिहीबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यू डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा हराएर शीर्षस्थानमा रहँदै फाइनल…

लोकबहादुर थापा, पोखरा युनाइटेड क्लबको अध्यक्ष

युनाइटेड क्लव पोखराको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन्। क्लवको १५ औं साधारणसभा तथा ७ औं अधिवेशनले आगामी कार्यकालका लागि थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्तबहादुर थापा, द्वितिय उपाध्यक्षमा सुुर्यबहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, सचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य र सह–कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित…

‘सरकार सफल हुन कर्मचारीको ठूलो भूमिका रहन्छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठूलो भूमिका रहने बताएका छन्। ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने। निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा,…

लामाचौर भलिबल कपमा ३ खेल

लामाचौर कप भलिबल प्रतियोगितामा आज (बुधबार) ३ खेल सम्पन्न भएका छन्। महिलातर्फ २ र पुरुषतर्फ १ खेल भएको आयोजकले जनाएको छ। महिलातर्फ टिपटप न्यू डायमण्ड र एपीएफले सोझो ३ सेटमा जित निकालेका छन्। पहिलो खेलमा टिपटप न्यू डायमण्डले घरेलु गण्डकी प्रदेश भलिबल एशोसिएसनलाई सहज २५–१३, २५–१६ र २५–१६ को सोझो सेटमा जित निकाल्यो। यो जितसँगै…

२६ औं संस्करणको लामाचौर तीज महोत्सव सुरु

पोखराको लामाचौरमा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि तीज महोत्सव सुरु भएको हो। महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो। बुधबारदेखि सुरु भएको महोत्सवमा कलाकारहरु प्रकाश पराजुली, सरस्वती लामिछाने, शान्ति गुरुङ, दीपक…