इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्यो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ । टस जितेर ब्याटिङ रोजेको मुम्बईले…
पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको पाँचतारे होटेलमा बन्दुकधारीले आक्रमण गरेका छन् । तीन जना बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा एक जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । चीनिया परियोजना अन्तर्गत् अर्वौ डलर लगानीमा निर्माण गरिएको जाभर पर्ल कन्टिनेन्टल होटेललाई लक्षित गरी आक्रमण गरिएको हो । रमदानका कारण होटेलमा कोही पनि पाहुना नरहेको र होटेलका केही कामदार मात्रै…
म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो । प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ । खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन…
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकतालाई अर्धनिन्द्राको मान्छेले हाई काढ्दै लेखेको निवन्धको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथि शुरु भएको छलफलमा भाग लिंदै डा भट्टराईले भने, ‘अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छी मानी मानी लेखेको निबन्ध जस्तो…
काठमाण्डौं । अर्थमन्त्री युवराज खतिवडाले ‘समृद्ध नेपाल सुखी नेपाली’को संकल्पलाई पूरा गर्ने लक्ष्यलाई बजेटले केन्द्रमा राखेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटको प्राथमिकताबारे जानकारी दिदै अर्थमन्त्री डा खतिवडाले उक्त कुराको जानकारी गराएका हुन् । संघ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारी तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यबाट सामाजिक न्यायसहितको विकास र समृद्धिको मार्ग प्रसस्त हुने…
पोखरा । नेपाल अपाङ्ग समाज सेवा संघद्धारा अपाङ्गता भएका २० जना विद्यार्थीहरुलाई शैैक्षिक सामग्री वितरण गरेको छ । पोखरा–९, शान्ति बन बाटिकास्थित संघको कार्यलय परिसरमा आयोजित कार्यक्रममा झोला, विद्यालय पोशाक, कपी, कलमलगायतको शैक्षिक सामग्री वितरण गरेको हो । प्रमुख अतिथि पोखरा–९ का वडा अध्यक्ष रामराज लामिछानेले अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरे । अपाङ्गता…
पोखरा । सरकारले ल्याएको सरकारले ल्याएको ‘नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक’विरुद्ध नेपाल पत्रकार महासंघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीमा उपलब्ध महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरुको शुक्रबार सम्पन्न बैठकले प्रस्तावित विधेयक विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । विरोधका कार्यक्रम अनुसार, २९ बैशाखमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल हुनेछ भने ३०…
नेपालगञ्ज । पश्चिम तराईमा चर्को घाम र तातो हावा (लु) चलेसँगै गर्मी बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । नेपालगञ्ज लगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम लाग्नुका साथै तातो हावा (लु) चल्न थालेको समाचार छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयले यहाँको…
काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन शुरु गरेको छ । बालुवाटारको ललिता निवासलगायत त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो । सार्वजनिक पर्ती, सरकारी जग्गा व्याक्तिको नाममा बनाउने, नापी गर्ने र दर्ता गराउने,…
पोखरा । अनुष्का श्रेष्ठले यस वर्षको मिस नेपाल वल्र्डको उपाधि जित्न सफल भएकी छिन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । ‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनले अब मिस वल्र्डमा सहभागिता जनाउन पाउनेछिन् ।…