पोखरा । सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले अव्यवहारिक कार्यक्रमहरू अघि सारेर सपना बाँड्न खोजेको आरोप लगाएका छन्। आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस पनि अहिले लिन खोजेको…
पोखरा । इक्विस्ट्रियन (घोडादौड)को हाइजम्प प्रतियोगिताको सबै पदकहरु विभागीय नेपाली सेनाले हात पारेको छ । उक्त प्रतियोगितामा विभागीय नेपाली सेनाका जगदिश घिर्सिङ र ‘सम्मोहन’ घोडाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेको छ । नेपाल इक्विस्ट्रियन संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् र नेपाली सेनाको संयोजनमा पोखरास्थित फेवाताल किनारमा रहेको बाराहीघाट खेलमैदानमा सम्पन्न पाँचौँ…
पोखरा । नेपालगञ्जमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । प्रतियोगिताअन्तरगत गण्डकी प्रदेशले पुरुषतर्फको ह्याण्डवल खेलमा स्वर्ण पदक र महिलातर्फ कास्य पदक जितेको थियो । कास्की जिल्ला ह्याण्डवल संघले समग्र प्रदेशको इज्जत राख्न सफल स्वर्ण पदक दिलाउने ह्याण्डवलका खेलाडीहरुको थप हौसला स्वरुप एक समारोहबीच शनिबार पोखरा…
पोखरा । पोखरामा आसन्न १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष २०७६ फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । शनिबार पोखरामा सम्पन्न कास्की जिल्ला आर्चरी संघको १० औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । पोखरा रंगशालास्थित आर्चरीको खेल मैदानलाई व्यवस्थित गर्न यसअघि राष्ट्रिय खेलकुद परिषदले ५० लाख…
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले चार बजेपछि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले संघीय संसदको कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।…
पोखरा । नागरिक पत्रकारिता, पत्रकारहरुमा शुद्धिकरण र सिंगो पत्रकारिता जगतमा सुदृढिकरणको आवश्यकता रहेको पोखराका पत्रकारहरुले बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार पत्रकार महासंघ कास्कीले आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था: हाम्रो अधिकार र जिम्मेवारी’ बिषयक अन्तक्रियामा बोल्दै पत्रकारहरुले उक्त कुरामा जोड दिएका हुन् । पत्रकारहरुकै सहयोगमा अर्को कुनै पत्रकारलाई राज्यले अंकुश लगाएर…
पोखरा । अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले प्रतिवर्ष महिला हिंशाका घटनाहरु बढ्दो रहेको बताएका छन् । ‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानको शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक कार्कीले चालु आर्थिक वर्षमा १४ सय ५३ वटा जवरजस्ती करणीका घटनाहरु घटेको कार्यपत्र प्रस्तुत गरे । कार्कीले प्रस्तुत गरेको…
पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कार र शैलीमा परिवर्तन आवश्यक रहेको औंल्याएका छन् । संस्कार बदल्न सचेत समाज र नागरिकहरुको अभियान आवश्यक रहेको उनको भनाई थियो । संवैधानिक र परिमार्जित कानुनहरुको ज्ञान सवै नागरिकहरुमा हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए । ‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानको…
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले विहीबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाको बैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोही…
पोखरा । जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले अभिनन्दन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक्यवद्धता ¥यालिपछि कोणसभामा बुधबार महर्जनलाई महासंघले अभिनन्दन गरेको हो । २२ दिनको हिरासत बसाईपछि पत्रकार महर्जन सर्वाेच्च अदालतको आदेशमा मंंगलबार रिहा भएका थिए । अभिनन्दनपछि बोल्दै पत्रकार महर्जनले रिहाईका लागि पहल गर्ने नेपाल…