हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना वडा घोषणा गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच वडा सचिव ईश्वरी पोख्रेलले वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्यङ्क अनुसार १६० जना बालबालिका रहेको र उनीहरुलाई पूर्णरुपमा खोप लगाइएको बताइन् ।…
पोखरा । सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको समाचार छ । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ ।…
विवादास्पद भिडियो सार्वजनिक भएपछि अष्ट्रियामा सत्तारुढ फ्रिडम दलका नेता र मन्त्रीहरुको एउटा विवादास्पद भिडियो सार्वजनिक भएपछि उनीहरुले सामूहिक रुपमै सरकार छोडेका छन् । पार्टी र सत्ताको प्रभाव बढाउन एक रुसी सम्भ्रान्त घरानाकी महिलासंग व्यवसायिक साँठगाँठ गरेको तथ्य बिहिरिएपछी त्यहाँका भाइस चान्सलर सहित सरकारमा सहभागी फ्रिडम पार्टिका नेताहरु राजिनामा दिन बाध्य भएका हुन् । राजिनामा दिनेमा…
पोखरा । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जना सदस्यको धारिलो हतियार प्रहार गरी हत्या गरिएको समाचार छ । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा…
काठमाण्डौं । अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण यही जेठ महिनाको २० गते आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा सञ्चालन गरिने जानकारी गराएको थियो । म्याराथनमा नेपाली र विदेशी गरी करिब १ सय जनाले दौडने आयोजकले जनाएको छ । ४२ सय मिटर उचाइबाट…
पोखरा । कामीरिता शेर्पाले आफनै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका साहसिक आरोही शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेको सगरमाथा आधारशिविरबाट सरकारका सम्पर्क अधिकृतहरुले जानकारी दिएका छन् । जेठ १ गते बिहान ७ः५० बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा २३…
सोलुखुम्बु । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन् । यस सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर अर्को नयाँ रेकर्ड बनाउने कामीरिताले बताएका छन् । अर्को हप्ता कामीरिताले पुनः दोस्रो आरोहण सफल बनाए भने उनको सगरमाथा आरोहण २४ पुग्नेछ । उनले आफैले बनाएको सगरमाथा आरोहणको अर्को रेकर्डलाई तोड्नेछन् । विश्वकै सर्वोच्च…
पोखरा । कास्की जिल्ला बास्केट बल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केट बल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले एक कार्यक्रमबीच प्रशिक्षणको उद्घाटन गरेका हुन् । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १०…
पोखरा । प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’लाई ०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् । डा अधिकारीका अनुसार जेठ ८ गते गोकुल जयन्तिका दिन ‘निर्जीव’लाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ । संगमको हालै…
पोखरा । वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन् । पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ । सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन् । यसै क्रममा चर्चित विश्व फुटबलर मेसुट ओजिलको जर्सीसमेत सगरमाथको आधार शिविरमा प्रदर्शन गरिएको…