बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ। दुबै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिदैं नेपाल पत्रकार महासंघ स्वागत गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली…
सुमन सुवेदी, अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको अध्यक्ष बनेका छन्। जिल्लाको २३ औं सम्मेलनबाट सुबेदी अध्यक्षमा चुनिएका हुन्। जिल्ला सम्मेलनबाट सुवेदीको नेतृत्वमा ४१ सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा प्रताप शाह र विक्कल थापा क्षेत्री चयन भएका छन्। सचिवमा मनिष तामाङ, सह–सचिवमा दिनेश गुरुङ, महेश घर्तिमगर, विदुर तिमल्सिना र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरिएको छ। …
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट संचार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री गुरुङले संचार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताए। उनले थपे, ‘ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ…
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाल सरकारबाट ठूलो राशिको पुरस्कार मिल्दैछ। पलेशालाई नेपाल सरकारले ६५ लाखको रुपैयाँ पुरस्कार दिदैंछ। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार…
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन्। के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल पनि भइन्।…
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग गरेको छ। मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ। जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष…
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३/३ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो। मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले २ लाख रुपैयाँ पुरस्कार पाए। सहायक प्रशिक्षक भरत यादव,…
पोखरा–१६ स्थित बाटुलेचौरमा आयोजित ‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ चार दिनसम्म संचालन हुने भएको छ। पोखरा–१६ वडा कार्यालयको समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मूल आयोजक समितिकी संयोजक वडासदस्य राजकुमारी वाँनियाले जानकारी दिइन्। वडाभित्रका आमा समुहले मेलाको आन्तरिक तयारीलाई तीब्र पारेका छन्। परम्परागत रूपमा…
नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ। तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुंगेसाँघु सितापाइला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष…
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवनको निर्माण भएको छ। समुद्री सतहबाट ३ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ। मुक्तिनाथ मन्दिर नजिकै ३ करोड ६० लाख ५२ हजार ८८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा…