समाचार »

सम्पादकको योग्यता पुनरावलोकनको तयारी

प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ। डिजिटलसहित विभिन्न संचार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यकदेखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। अध्यक्ष बस्नेतले मंगलबार नयाँ अनलाइन, युट्युब, संचार माध्यमका संचालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखिकरण कार्यक्रममा यस्तो बताएका हुन्। ‘प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको…

पोखरा महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

पोखरा महानगरपालिको १५ औँ नगर सभाले आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। नगर सभाको सोमबार बसेको बैठकले छलफलपछि नगर प्रमुख धनराज आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा नगर सभा सदस्यहरूले सक्रियतापूर्वक सहभागिता जनाए। उनीहरूले नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रम समुन्नत पर्यटकीय पोखराको…

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा यस वर्षको बजेट ४३ करोड रुपैयाँ बढि हो। चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो। बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७…

पोखरा महानगरको नीति तथा कार्यक्रम २०८१/८२ आयो

पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ। महानगरप्रमुख आचार्यले आज (आइतबार) आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी संघ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए। महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको संभावना…

असार २२ मा नेपाल पत्रकार महासंघको चुनाव

आगामी असार २२ गते नेपाल पत्रकार महासंघको चुनाव हुने भएको छ। महासंघले सो मितिमा मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज (शुक्रबार) निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।   हेरौं, पत्रकार महासंघको सूचना   निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको…

गण्डकी प्रदेशले ल्यायो झण्डै ३२ अर्बको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै ३३ अर्वको बजेट ल्याएको छ। गण्डकी प्रदेशसभाको आज (शनिबार) को बैठकमा ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरिएको हो। गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ…

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ सहित)

गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। हिँजो, सोमबार मात्र बिश्वासको मत पाएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानीत प्रदेशबासीको सोच राखिएको उल्लेख छ। नीति तथा कार्यक्रममा…

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रीमण्डल विस्तार

सोमबार विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) मन्त्रीमण्डल बिस्तार गरेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दीपक मनाङे (राजीव गुरुङ) र फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्। प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङे र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले आज (मंगलबार) सपथ समेत लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख…

न्यूज एजेन्सी (रासस) सँग प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालले सुरु गरेको संचार माध्यमसँग काउन्सिल अभियानअन्तर्गत राष्ट्रिय समाचार समितिका पत्रकारसँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुका साथै समाजमा फैलिएको भ्रमपूर्ण सूचना र अफवाहको समस्या हल गर्न मद्दत पुग्ने उल्लेख गरे। नेपालको एकमात्र सरकारी…

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएका छन्। प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरेका छन्। विपक्षमा २८ जनाले मतदान गरे। माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर पक्षमा मतदान गरेपछि पाण्डेले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री…