प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यसतर्फ गंभीर हुन सबै संचार माध्यमलाई आग्रह गरेका छन्। अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएका उनले औँल्याए। अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए। नयाँ खुलेका अनलाइन संचार माध्यमका सम्पादक,…
प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिङ गरिरहेका संचारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ। बुधबार काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए। सोही क्रममा सहभागीले यस बिटको रिपोर्टिङमा सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखे। सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनका लागि सहजताका…
नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन्। उनले २ सय ७७ मत ल्याउँदा दिपक पौडेलले २ सय १० मत पाएका छन्। आचार्यको प्यानलबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा विजयी बने। दिपक प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुल्लामा लालबहादुर राना र उपसचिव…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई संचारमाध्यमले समाचारका रुपमा नपस्कन ध्यानाकर्षण गराएका छन्। युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आज (आइतबार) आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई संचारमाध्यमले समाचारका रुपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएका हुन्। मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले…
गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन्। बेनी नगरपालिकाका–१० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन्। शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयर पदको उम्मेदवार थिए। उनी म्याग्दी जिल्ला बारका पूर्व अध्यक्षसमेत हुन्। यसअघि पनि उनी सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए। योसँगै, शर्मा…
गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई पुनः नियुक्त गरिएको छ। यसअघि, सुरेन्द्र पाण्डेको कार्यकालमा उपाध्यक्ष बनेका उनलाई अहिले पनि पाण्डेले दोहो¥याएका हुन्। देवकोटालाई बिहीबार मुख्यमन्त्री पाण्डेले सपथ गराएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
गण्डकी प्रदेश सभाको बैठक भोलि (बिहीबार) बोलाइएको छ। गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति भएको भोलिपल्ट प्रदेश सभाको बैठक बोलाइएको हो। प्रदेश सभा सचिवालयले सूचना जारी गरी जेठ १७ गते बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने भएकाले उपस्थितिका लागि सदस्यहरुलाई आग्रह गरेको छ। काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको आग्रहअनुसार नै प्रदेश सभाको बैठक…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार शपथ लिए लगत्तै पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणका क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरुमा गर्भवती तथा सुरत्केरी महिलाका लागि महत्वपूर्ण निर्णय गरेका छन्। गर्भवती तथा सुरत्केरी महिलाका लागि आवास स्थापना तथा संचालन गर्ने र स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको…
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री मण्डल विस्तार गरेका छन्। आफू दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएसँगै पाण्डेले प्रदेशका लागि थप २ मन्त्री मण्डल समेत विस्तार गरेका हुन्। पाण्डेले कास्कीका विन्दुकुमार थापा र लमजुङका टकराज गुरुङलाई मन्त्री मण्डलमा सामेल गराएका हुन्। मुख्यमन्त्री पाण्डेसँगै विन्दुकुमार थापा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रो पटक पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बुधबार साँझ प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। काँग्रेस संसदीय दलका नेता पाण्डे बुधबार नै मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार…