पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाएपनि टिमलाई जित दिलाउन असफल रहे। यस्तै, आन्द्रेस गौसले ३० रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। यस्तै,…
घरेलु नेपाली टोलीले आज (शुक्रबार) महिला साफ च्याम्पियनसीपको पहिलो चरणको पनि पहिलो खेल भुटानसँग खेल्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा पनि नेपालले आफ्नो पहिलो खेलमा भुटानको सामना गरेको थियो। उक्त खेलमा नेपाली सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको…
वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखेका छन्। प्रगतिशील लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठीमा बोल्दै रेग्मीले भने, ‘वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न। वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले…
महिला साफ च्याम्पियनसीपमा भारतले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो। भारतको जितमा ग्रेस दाङमेइले २ तथा बालादेवी, मनिसा र ज्योति चौहानले समान १/१ गोल गरे। यस्तै, पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले १/१ गोल गरे। ग्रेस दाङमेइ, उद्घाटन…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल (बुधबार) १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम आज (बुधबार) सम्मको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले…
पोखरामा पनि ६९ औं प्रहरि दिवस मनाइएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा विविध कार्यक्रमका साथ दिवस मनाएको हो। दिवसका अवसरमा समाचार सम्प्रेषणमार्फत योगदान गरेको भन्दै संचारकर्मी रघुराज वाग्लेलगायत विभिन्न विधामा उत्कृष्ट प्रहरी कर्मचारी, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ। दिवसका कार्यक्रममा प्रहरी ब्यान्ड प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी दिवसका अवसरमा…
कास्कीमा क्रियाशील पत्रकारहरु दुर्गा भण्डारी र जमुना वर्षा शर्मा संचारिका पत्रकारिता पुरस्कारबाट सम्मानीत हुँदैछन्। संचारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको संचारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ। संचारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८० बाट शर्मालाई पुरस्कृत गरिने भएको हो। पुरस्कार राशी…
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपको उपविजेतामै समेटिन पुगेको छ। फाइनलमा उज्वेकिस्तानसँगको हारसँगै उपाधि जित्ने सुनौलो अवसरबाट नेपाल फेरि एकपटक चुकेको छ। श्रीलंकाको कोलम्बोस्थित सुगाथादासा रंगशालामा आज (शनिबार) भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल बन्यो। फाइनलमा नेपालले उज्वेकिस्तानसँग ३–१ को सेटमा हार खेप्यो। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो खेल जितेको नेपालले…
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपमा नेपालले फाइनलमा स्थान बनाएको छ। नेपालले फाइनलमा उज्वेकिस्तानसँग उपाधिका लागि खेल्नेछ। प्रतियोगिताको शीर्ष २ टोली नेपाल र उज्वेकिस्तानबीच भोलि (शनिवार) फाइनल खेल हुनेछ। नेपालले ५ खेलबाट १० अंक जोडेर फाइनल पुगेको हो। तुर्कमेनिस्तानसँग समान अंक भएपनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो। उता, उज्वेकिस्तान भने समूह चरणका…
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। कोलम्बोको सुगाथादासा रंगशालामा आज (बिहीबार) भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो। श्रीलंकाको कोलम्बोमा सुरुआती २ सेट गुमायो। नेपालले पहिलो सेट २३–२५ ले गुमायो। त्यस्तै, दोस्रो सेट २१–२५ ले गुमायो। त्यसपछिका २ सेटमा नेपाल फर्कियो। नेपालले तेस्रो सेटमा किर्गिस्तानलाई २५–२१…