समाचार »

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। आज (बुधबार) भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो। नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदै अलआउट भयो। थाइल्यान्डकी कप्तान अफिसाराले सर्वाधिक १३ रन बनाइन्। नेपालकी रचना चौधरीले ४ विकेट लिइन्। यस्तै, कप्तान पूजा महतो र…

आधिकारिक रूपमै नेपालमा टिकटकको दर्ता

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमै नेपालमा दर्ता भएको समाचार छ। समाचारअनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन्। मन्त्रालयका प्रवक्तासमेत रहेका ठाकुरले भनेका छन् ’टिकटकले प्रक्रिया मिलाएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो।’ प्रवक्ता ठाकुरले बताएअनुसार टिकटक सामाजिक सञ्जाल…

रवि लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थपियो

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप हिरासतमा राख्न १० दिन म्याद थपको अनुमति दिएको छ। कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन्। आज (मंगलबार) सहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ। यसअघि, कास्की जिल्ला…

ज्यान मार्ने उद्योगमा ‘दीपक मनाङे’, सर्वोच्चद्धारा दोषी ठहर

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। गुन्डा नाइके ‘चक्रे मिलन’ को ज्यान मार्ने उद्योग गरेको अभियोगमा आज (मंगलबार) सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘दीपक मनाङे’ लाई दोषी ठहर गर्दे फैसला गरेको हो। सर्वोच्चको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको…

डा. सुरेश आचार्य, सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस

नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले डा. आचार्यलाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो। उक्त बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो। यसैगरी, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ।…

रवि लामिछानेको म्याद थपबारे बहस सकियो

रास्वपाका सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ। आज (मंगलबार) कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेको थियो। आज (मंगलबार) कास्की जिल्ला अदालतमा म्याद थपबारे भएको…

नेकपा (एकीकृत समाजवादी) मा ‘एक पद, एक व्यक्ति’ को संरचना

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद, एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ। संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद, एक व्यक्ति’ को अवधारणा कार्यान्वयन गर्न लागिएको पार्टीले जनाएको छ। पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई प्रभावकारी जिम्मेवारीमा केन्द्रीत गर्नेगरी…

सरकारी कार्यालय खुल्ने समय अब १ घण्टा छोटिदैं

तिहार पर्वको बिदापछि आज (मंगलबार) देखि सरकारी कार्यालय खुल्दैछन्। साथै, आजैदेखि सरकारी कार्यालय खुल्ने समय १ घण्टा छोटिदैँछ पनि। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो। गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय १ घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आज (मंगलबार)…

लिग–२ क्रिकेटमा नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

आइसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो। हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले १÷१ अंक बाँडेका छन्। नेपाल…

श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेट च्याम्पियन

श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेटको च्याम्पियन बनेको छ। आज (आइतबार) सम्पन्न फाइनलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेट हराउँदै उपाधि जितेको हो। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान ५ ओभर २ बलमा ७२ रन बनाएर अलआउट भयो। ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ५ ओभरमा ३ विकेटको जित निकाल्यो। श्रीलंकालाई जित दिलाउन ओपनर सन्दुक विराक्कोदीले ३४ रन…