पोखरा उपत्यका »

पोखरा महानगरपालिकाले स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट अंक ल्यायो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७९÷०८० मा स्थानीय तह कार्य सम्पादन मूयांकनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ। आयोगले मंगलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो। यसअघि, आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो। आयोगले दिएको समय सीमाभित्र महानगरपालिकाले…

‘लिजा’मा पोखरा महानगरको सुधार

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ‘लिजा’ मा पोखरा महानगरपालिकाको अंकमा सुधार आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा पोखरा महानगरपालिकाले ८५.५ अंक प्राप्त गरेको छ। जुन आर्थिक वर्ष २०७८/०७९ भन्दा १६ अंकले बढी हो। त्यतिबेला, पोखरालाई ६९.७५ अंक मात्र मिलेको थियो। स्थानीय तहले कसरी काम गरिरहेका छन्…

पोखराको मुख्य बजार महेन्द्रपुलमा बन्यो अन्तर्राष्ट्रिय झण्डा पार्क

पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ। साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका ५ संस्थाको ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पार्क सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। उक्त पार्कमा संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित १९७…

पोखरामा ११ औं संस्करणको लिटरेचर फेस्टिभल सुरु

पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै ठाउँमा जुटाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको उल्लेख गरे। उनले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका…

पोखरा महानगरको १४ औँ नगरसभा सम्पन्न

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा आइतबार सम्पन्न भएको छ। नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ। त्यस्तै, केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बालअधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास…

पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पोखराका पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पत्रबार बराललाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो। प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरेको हो। यस्तै, मीना गुरूङ र हुम गुरूङलाई प्रेस चौतारी पत्रकारिता…

पोखराका पत्रकारहरु पराजुली र जिसीलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

पोखराका पत्रकारहरु रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले बुधबार उनीहरूलाई पुरस्कृत गरेको हो। युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे। पराजुली र जिसीसँगै अन्य ९ जना पत्रकारहरु सो पुरस्कारद्धारा सम्मानित भएका हुन्। उनीहरूले जनही २५ हजार पुरस्कार प्राप्त गरे।…

कास्कीका ७ पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान

नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन्। शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन्। गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), सोही पुरस्कार २०८०…

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन्। प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृतद्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश…

पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान

पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मान गरिएको छ। पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट अग्रज पत्रकारहरु सम्मानित भएका हुन्। पोखरामा आज (बुधवार) आयोजित समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र आदर्श…