पोखरा। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर–२०२०’ अन्तर्गतको छनौट खेल मौसमका कारण स्थगित भएको छ । नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको १९ औं संस्करणको प्रतियोगिता सोमबार अन्तिम समयमा आएर स्थगित भएको हो । च्याम्पियनसीपको दोश्रो दिन क्रस कन्ट्री अन्तर्गत ४६ किलोमिटरको ‘टास्क’मा उडेका पाइलटहरुलाई मौसम खराब भएको संकेत पाउनासाथ…
पोखरा । सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताएकी छन् । पोखरा नदीपुरस्थित पुन यूनाइटेड क्लवले महाशिवरात्रीको अवसरमा आयोजना गरेको महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मन्त्री पुनले खेलको विकासको लागि प्रदेश सरकारले नीतिगत रुपमै अगाडी वढाउने तयारीमा रहेको बताएकी हुन् । मन्त्री पुनले भनिन्,…
पोखरा । नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुरले लिगमा शीर्षस्थान कायम गर्दै उपाधि जितेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी ५ टिमबीचको सुुपर लिगमा नवलपुरले अपराजित…
पोखरा । ग्रीनविच युके सातौं संस्करणको नदिपुर भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पुन युनाइटेड क्लव नदीपुरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न फाइनलमा घान्द्रुकको टोलीलाई हराउँदै ग्रीनविच यु.के.च्याम्पियन बनेको हो । नदीपुरस्थित कार्पाकेली भवनको भलिवल कोर्टमा शनिबार भएको फाइनल खेलमा ग्रीनविचले घान्द्रुकको टोलीलाई पराजित गर्दै १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रको पुरस्कार हात…
पोखरा । पोखरामा पाँचौ संस्करणको भारतीय अन्तर बटालियन भू.पू. सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप शुरु भएको छ । भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु च्याम्पियनसीपमा १३ टिमको सहभागिता छ । पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पका ईञ्चार्ज लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । पोखरा–१४ स्थित…
पोखरा । राष्ट्रिय मावि र जनप्रिय माविले पोखरामा सम्पन्न सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको उपाधि उचालेका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गर्दै तथा छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि…
पोखरा । यस संस्करणदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । पोखरामा फागुनको २२ गतेदेखि शुरु १८ औं संस्करणको प्रतियोगिताको विजेताले १० लाख, १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने सहारा क्लब पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । गत संस्करणसम्म विजेताको ८ लाख १ हजार…
पोखरा । पोखरामा जारी सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार छात्रतर्फ राष्ट्रिय मावि र वाराही मावि तथा छात्रातर्फ तालवाराही मावि र जनप्रिय मावि फाइनल भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा जित हात पार्दै उनीहरुले उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले पोखराको पीएन क्याम्पसस्थित खेल मैदानको अवलोकन गरेका छन् । गण्डकी प्रदेशमा हुने अबको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सदस्य–सचिव सिलवाल यतिखेर पोखरास्थित खेलकुदको भौतिक संरचना निर्माणका लागि संभावित जमिनको अध्ययन, अवलोकन र निरीक्षणमा ब्यस्त छन् । २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, हक्की, टेनिसलगायतका…
पोखरा । न्यूरोड ब्लाष्टर्सले पोखरामा सम्पन्न भेट्रान सुपर सिक्स क्रिकेटको उपाधि जितेको छ । माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा संचालित प्रतियोगिताको शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनलमा न्यूरोड ब्लास्टर्सले मिराकल ग्लाडियटर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो । न्युरोडले व्याटिङ गर्दै ७६ रन बनाएको थियो । रिजन प्रजुले न्यूरोडका लागि सर्वाधिक २२ रनको योगदान…