पोखरा उपत्यका »

यु–१६, क्रिकेट लिगमा नवलपुरको बिजयी शुरुवात

पोखरा । नवलपुर क्रिकेट टिमले पोखरामा जारी गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला यु–१६ एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा तथा पोखरा पल्टनको मुख्य प्रायोजनमा आइतबार पोखरा रंगशालामा भएको प्रतियोगिताको नवलपुरको टोलीले बाग्लुङमाथि ५ विकेटको जित निकालेको हो । टस हारेपछि पहिला ब्याटिङ गरेको बाग्लुङले २४ ओभरमा सबै विकेट गुमाउँदै…

जापानीज धावक ताकानाशी योशिकीले जिते १४ औं संस्करणको सफल पोखरा म्याराथन

पोखरा । जापानीज धावक ताकानाशी योशिकीले १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन जितेका छन् । भुतपूर्र्व खेलाडी मञ्च पोखराले आयोजना गरेको यस संस्करणको म्याराथनमा ताकानाशीले ४२ दशमलव १९५ कि.मी.को निर्धारित दूरीलाई २ घन्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् । त्यस्तै, एपीएफका किरणसिंह बोगटी यस म्याराथनमा दोस्रो बने । हालैमात्र नेपालमै…

यु–१८ सर्किट–२ टेनिसमा नेपालकी प्रेरणा र अभिलाषा सेमिफाइनलमा

पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा  भएको महिलातर्फको एकल खेलमा नेपाली खेलाडीहरुले राम्रो नतिजा निकालेका छन् । महिलातर्फका एकल खेलमा नेपालकी प्रेरणा कोइराला र अभिलाषा बिष्टले राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा नेपालकी प्रेरणा कोइरालाले नेपालकै सलोनी तामाङमाथि ७–६ (५) र…

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा

पोखरा । पोखरामा एक दिनपछि हुन गइरहेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने यस संस्करणको म्याराथनको संपूर्ण तयारी पूरा भएको  आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनको अन्तिम तयारीबारे जानकारी गराउँदै भने, ‘यस पटकको म्याराथनमा ७ हजार दौडने…

सफल पोखरा म्याराथनलाई पोखरेली मञ्च यु.के.को सहयोग

पोखरा । १४ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेले भुतपुर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ । युकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहने गरी गठित समितिले रकम संकलन गरेर मञ्चलाई प्रदान गरेको हो । मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ र संयोजक मञ्जु गुरुङले उक्त रकमको चेक…

कास्की जिल्ला क्रिकेट लिगमा बाग्लुङ ५८ रनले विजयी

पोखरा । सुवास भण्डारीले ९० रनको पारी खेलेपछि बागलुङले पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पोखरा पल्टन अन्तरजिल्ला क्रिकेट लिग एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको खेलमा बाग्लुङले स्याङ्जालाई ५८ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको बागलुङले पूरा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा १…

यु–१८ सर्किट–२ टेनिस जारी, नेपाली खेलाडीको मिश्रित नतिजा

पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको महिलातर्फको एकल खेलमा नेपालका खेलाडीहरुले मिश्रित नतिजा निकालेका छन् । नेपालकी प्रेरणा कोइरालाले जापानकी कायदे हातानोलाई ६–१ र ६–२ ले हराएकी छन् । अर्को खेलमा सोलानी तामाङले हङकङकी इरिना कन्ना हागीकोव चुनौतिलाई ६–२ र ६–३ ले पन्छाइन् । यसैगरि,…

पोखरा म्याराथनलाई योगेश गुरुङबाट सहयोग रकम प्रदान

पोखरा । सहारा युकेका सदस्य योगेश गुरुङले पोखरा म्याराथनलाई सहयोग स्वरुप ६ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । बेलायतमा संकलित उक्त रकमलाई योगेशले भूतपूर्व खेलाडी मञ्च, पोखराका अध्यक्ष तेज गुरुङलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । संकलित रकम म्याराथनका लागि भन्दापनि युवा खेलाडीहरुलाई प्रोत्साहनका गर्न  अक्षय कोषमार्फत खर्च गर्नेगरी संचालन हुनेछ । पोखरामा फागुनको ३…

म्याराथनमा सहभागी बन्न मञ्जु गुरुङ पोखरा आई पुगिन्

पोखरा । नेपाल भ्रमण वर्ष २०२० सँगै १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विदेशबाट समेत पोखरा आउने क्रम जारी छ । फागुनको ३ गते शनिबार हुने सफल पोखरा म्याराथनलाई विदेशमा रहेर पनि उच्च प्राथमिकता दिंदै बेलायतबाट पोखरेली मञ्च यू.केका अध्यक्ष मानप्रसाद गुरुङलगायत अन्य सदस्य र शुभेच्छुकहरु यतिबेला पोखरा आइपुगेका हुन् । पोखरेली…

कास्की जिल्ला क्रिकेट लिगमा कास्की ‘ए’ को विजयी शुरुवात

पोखरा । घरेलु कास्कीको टोलीले गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बुधबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा कास्कीको ‘ए’ टिमले स्याङ्जामाथि ७ रनले विजयी बनेको हो । टस जितेर व्याटि रोजेको कास्कीले निर्धारित ५० ओभरको खेलमा ३६ ओभरमा सबै विकेट गुमाएर १…