पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको खेलहरुमा मंगलबार पुरुषतर्फको एकलमा नेपालका आर्यन गिरीको चुनौतिलाई भारतका आर्यन लक्ष्मणले ६–० र ६–१ ले पन्छाए । जापानका ¥योहोइ मियाकेसँग नेपालका निहालजंग बहादुर थापा ६–१ र ६–० ले पराजित बने । महिलातर्फको एकल खेलमा चीनकी हुआयी झाङसँग नेपालकी अजा…
पोखरा । युनेस्कोका पूर्व अध्यक्ष डेभिड्सन पोखरा म्याराथनमा सहभागी हुन यहाँ आइपुगेका छन् । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले डेभिड्सनलाई पोखरा विमानस्थलमा स्वागत गरेका हुन् । तीन दिनपछि पोखरामा हुने १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दौडमार्फत विश्व शान्तिको कामना गर्न डेभिड्सन पाखरा आएका हुन् । यस संस्करणको पोखरा म्याराथनमा पूर्व अध्यक्ष डेभिड्सनले…
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन पोखराबासीलाई आह्वान गरेका छन् । पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरुलाई सम्बोधन गर्दै प्रमुख जिसीले पोखरा म्याराथनलाई सफल बनाउन नगरवासीहरु एकजुट हुनुपर्नेमा जोड दिए । ‘पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्लीबाट सहभागी हुन म सबैलाई आग्रह गर्छु,’ उनले भने,…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिश प्रतियोगिता सोमबारदेखि पोखरामा शुरु भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले पोखरा रंगशालास्थित टेनिसकोर्टमा प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे । अन्तराष्ट्रिय टेनिस फेडेरेशन (आइटीएफ) को निर्देशनमा कास्की जिल्ला टेनिस संघले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका १८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सोमबार भएको पुरुषतर्फको एकल खेलमा…
पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा बुधबार (भोली) देखि पोखरा रंगशालामा क्रिकेट लिग हुन लागेको आयोजक समितिले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एक दिवसीय फम्र्याटमा संचालन हुने प्रतियोगितामा कास्कीका दुई टिमसहित ५ टिमले प्रतिस्पर्धा गर्र्दै छन् । सहभागी टिमहरुमा कास्की…
पोखरा । खिमनाथ शर्माले लेखनाथ वचत तथा ऋण सहकारी संस्था आयोजना गरेको पुरुषतर्फको म्याराथन दौड जितेका छन् । सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिकोत्सवको अवसरमा मिनी म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो । सहभागी सेयर सदस्यहरुको दौडमा ५६ जनालाई पछि पार्दै खिमनाथले पुरुषतर्फको म्याराथन दौड जितेका हुन् । उनले १७ मिनेट…
पोखरा । पोखराकोे सहारा एकेडेमीको अक्षयकोषमा यु.के., वेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ । सहारा क्लवका शुभेच्छुकहरुले पोखरा १७ दोबिल्लास्थित एकेडेमीको अवलोकन गर्दै अक्षयकोषका लागि १ लाख २० हजार सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । टोलीले सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च थप २० हजार रुपैया समेत प्रदान गरेको क्लवले जनाएको छ । तमु…
पोखरा । पोखरा मा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको छ । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाइन किङको मुख्य प्रायोजनमा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले सहभागी टिमका कप्तानहरुलाई जर्सी हस्तान्तरण र ब्याटिङ गरेर…
पोखरा । पोखरा म्याराथनलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं ५ ले पूर्र्ण रुपमा सहयोग र सक्रिय सहभागिता जनाउने भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुनको ३ गते आयोजना हुने १४ औं संस्करणको म्याराथनलाई सफल पार्न सक्रिय सहभागिता र सहयोग रहने वडाले प्रतिबद्धता जनाएको छ । पोखरा म्याराथनलाई सफल पार्न सक्रिय सहभागिताका लागि उक्त…
पोखरा । पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ प्रतियोगिता हुने भएको छ । ईन्टरनेशनल टेनिस फेडरेशन (आइटीएफ) को संयोजन र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा भोली (शनिबार)देखि प्रतियोगिता हुने भएको हो । यद्यपी, प्रतियोगिताको औपचारिक उद्घाटन भने सोमबार हुनेछ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा महिलातर्फ ३२ र…