बैदाम तामाङ सेवा समाजको अध्यक्षमा पुनः ज्याक तामाङ निर्वाचित भएका छन्। समाजको १० औं बार्षिक साधारण सभा तथा छैंठौं अधिबेशनले पुनः तामाङलाई नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित गरेको हो। १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सरस्वती तामाङ, सचिवमा निमा तामाङ, सहसचिवमा लक्ष्मण तामाङ, कोषाध्यक्षमा कविता योञ्जन निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरुमा टेकबहादुर तामाङ, खड्कबहादुर तामाङ, बंगेल लामा, नम्रता…
पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन्। व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट भएका हुन्। काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट पौडेल विभुषित समेत भए। दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका…
पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १३ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयद्वारा बिहीबार बिहान जारी विज्ञप्तिमा जनाइएअनुसार, कोभिड–१९ को संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत उपचार केन्द्रको आइसीयु कार्तिकको ५ गतेदेखि भर्ना भई उपचाररत…
पोखरा । पत्रकार दुर्गा अधिकारी, स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकार पुरस्कारबाट सम्मानीत भएकी छन् । क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे गण्डकीले बिहीवार पोखरामा उनलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले उनलाई दोसल्ला ओढाएर १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेकी हुन्। सम्मानित पत्रकार अधिकारी रेडियो…
पोखरा । कास्कीमा जारी निषेधाज्ञा थप ५ दिन लम्ब्याइएको छ । पोखरालगायत जिल्लाको अन्य स्थानमा कोरोनाको जोखिम बढ्ने संभावना बढेसँगै कास्की जिल्ला प्रशासनले थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि पहिलो पटक भदौको ३ गते राती १२ बजेबाट लागु गरिएको निषेधाज्ञाको समय अब १२ गते राती १२ बजेसम्म…
पोखरा । कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका व्यक्तिको २१ घन्टापछि अन्तिम संस्कार गरिएको छ । पोखरास्थित रिठ्ठेघाटमा नेपाली सेना डेडिकेटेड टिमद्वारा शव व्यवथापन गर्न मात्रै ३ घन्टा लागेको थियो । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति ११ः३० बजे मृत्यु भएको थियो । यता, गण्डकी प्रदेशमा दिनानुदिन कोरोना संक्रमितको संख्या…
पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि घोषित बन्दाबन्दीको अवसरमा सामाजिक दुरी कायम गरी शुक्रबार धुपी र चिउरीका विरुवा रोपिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाल कम्युष्टि पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण…
पोखरा । तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखि जापानको चिबामा बस्दै आएकी कामना खनालले मानव सेवा आश्रमलाई नगद सहयोग गरेकी छन् । पोखरा–१७ छोरेपाटनस्थित आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि खनालले पठाएको १० हजार ३१ रुपैयाँ मंगलबार गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् । कोभिड–१९…
पोखरा । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन (ईच्छुक)लाई मंगलबार पोखरामा स्मरण गरिएको छ । प्रेस संगठन नेपाल कास्कीले ईच्छुकको १८ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी सहिद ईच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले ईच्छुकले जहिलेपनि जनपक्षिय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याए ।…
पोखरा । पोखरा महानगरपालिका–११ फूलबारीस्थित स्थानीय गार्डेन युवा क्लबले बिहीबार वडा प्रहरी कार्यलय रामबजारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना (कोभिड–१९) बाट बच्न क्लबले रामबजार वडा प्रहरी कार्यलयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्लबले राहतस्वरुप ४० कार्टुन मिनरल पानी सहित ५ सय थान माक्स, पञ्जा १ हजार थान ५ सय मिलि लिटरको ६…