पोखरा उपत्यका »

गण्डकी प्रदेश सरकारको राहत कोषमा एसओएस बालग्राम गण्डकीले बुझायो एक लाख बढि

पोखरा । पोखरास्थित एसओएस बालग्राम गण्डकीले कोरोना रोकथाम राहत कोषमा गण्डकी प्रदेश सरकारकालाई एक लाख बढि रकम प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरेको कोरोना रोकथाम राहत कोषका लागि उक्त बालग्रामको परियोजना अन्तर्गत कार्यरत शिक्षक÷शिक्षिका तथा कर्मचारी, आमा÷अन्टीलगायतका कर्मचारीहरुले एक दिनको तलव कटाएर १ लाख, १ हजार ८२ रुपैयाँ राहत कोषमा रकम जम्मा…

अनलाइनबाटै पोखरा महानगरपालिकाको न्यायिक समिति समक्ष उजुरी

पोखरा । पोखरा महानगरपालिमा अनलाइनमार्फत न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा रहेकोले न्यायिक समितिले अनलाइन मार्फत पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । उपप्रमुख गुरुङले बताइन,…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिन गण्डकीको सेनिटाइजेसन टनेल प्रदान

पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ । कोराना भाइरसको त्रास बढ्दै जाँदा पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । यो टनेलले स्वचालित रूपमा काम…

अब, कास्कीमा एकद्वार प्रणालीबाट मात्रै राहत वितरण

पोखरा । राहत वितरण नाममा विभिन्न व्यक्ति तथा संघसंस्थाले आफूखुसी नगद, जिन्सी र खाद्यान्न संकलन गर्न थालेपछि कास्कीको जिल्ला प्रशासनले कडाइ गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सोको बेवास्ता गर्दै राहतको नाममा जथाभावी संकलन एवं वितरण कार्यपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै राहत वितरणमा कडाइ गरेको…

पोखरा महानगरले थाल्यो महानगरभित्र छर्न ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन पोखरा महानगरले कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनाषक औषधी छर्कने कार्य शुरु गरेको छ । किटनाषक औषधी छर्कने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरका विभिन्न ठाउँमा किटनाषक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको हो…

बिमान चार्टर्ड गरेर पोखराबाट फ्रान्सले लग्यो आफ्ना नागरिकहरुलाई

पोखरा । फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ । नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टर्ड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरी पोखरा पठाएको थियो । त्यसबाहेक पोखरामा रहेका पर्यटकलाई समेत दूतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना…

पोखरामा फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण सिर्जित लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष…

बिपतमा सवारी नपाए, पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष गुरुङलाई मोबाइल नम्बर ९८५६००३०२७ मा फोन गर्नुस्

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा विरामी भएर अस्पतालनै लैजानुपर्ने अवस्था आए आफूलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् । उनले आफूले निजी रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफू वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा…

पोखरामा १८ औं संस्करणको आहा ! रारा गोल्डकप शुरु : उद्घाटन खेलबाटआयोजक सहाराको विजयी शुरुवात

पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो । त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका…

संगम एफसीलाई गार्डेन कप फुटबलको उपाधि

पोखरा । संगम एफसीले दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको फाइनल खेलमा मेरो नेपाल युथ क्लवमाथि २–१ गोलको नतिजा निकाल्दै संगमले सोे उपाधि जितेको हो । जितसँगै संगमले १ लाख २५ हजार सहित शिल्ड जितेको छ । उपविजेता मेरो नेपालले ७०…