पोखरा उपत्यका »

महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो  भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन…

आजदेखि साग आर्चरी, पाकिस्तान पनि नआउने

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए । उनका अनुसार नेपाल सहित भुटान, श्रीलंका र…

ब्याडमिन्टनमा नेपाललाई ३ कास्य पदक पक्का

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा कास्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय…

साग ह्याण्डबलमा नेपालको महिलातर्फ जित, पुरुषतर्फ हार

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । यद्यपी, १३ औं साग अन्तर्गत पुरुषतर्फको ह्याण्डबलमा भने नेपालले ब्यहोरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलको नतिजा निकाल्दै सुखद्…

साग महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक चुम्नबाट नेपाल चुक्यो

पोखरा । साग महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक चुम्नबाट नेपाल चुकेको छ । एक सेटले अगाडि परिसकेको नेपालले लय गुमाउँदा १३ औं सागको भलिबलतर्फ ऐतिहासिक स्वर्ण जित्नबाट नेपाल चुकेको छ । उपराष्ट्रपति नन्दकुमार पुन ‘पासाङ’सहित विशिष्ट व्यक्तिहरु मंगलबार दशरथ रंगशालाको कभर्डहलमा पुगेर खेल हेरिरहँदा नेपाल जितको नजिक पुगेरपनि भारतलाई खेल सुम्प्यो । नेपालले अन्तिमतिर लय…

साग ब्याडमिन्टनमा नेपाल

पोखरा । पोखराको ब्याडमिन्टन कोर्टमा जारी १३ औं साग अन्तरगतको व्याडमिन्टनको व्यक्तिगत इभेण्टमा खराब प्रदर्शन गरेका नेपाली खेलाडीले डबल्स र मिक्स स्पर्धामा सुधारिएको प्रदर्शन गरेका छन् । विहानी सत्रको खेलका सबै सेट गुमाएका नेपाली खेलाडीले दिवा सत्रका खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकालेका हुन् । मंगलवार भएका १६ औं राउण्डका खेलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स…

साग महिला फुटबलमा नेपालको विजयी शुरुवात

पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगितामा नेपालले सुखद् शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशाला बनेपछिको पहिलो फुटबल खेलमा श्रीलंकालाई १–० ले हराउँदै नेपालले विजय शुरुवात गरेको हो । नेपालले निर्धारित पूरै समय श्रीलंकालाई दबाबमा राखेको भएपनि जित निकाल्न खेलको अन्तिम मिनेट कुर्नुप¥यो । नेपालको लागि शरु लिम्बुले ८८…

ट्रायथलनको दुआथलनमा पोखराबाट नेपाललाई थप एक स्वर्ण

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सञ्चालित ट्रायथलन तर्फबाट नेपाललाई थप अर्को स्वर्ण मिलेको छ । मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको हो । पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको हो । निर्धारित दुरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पार गरेर पुरुष…

आजदेखि साग ह्याण्डबल शुरु, नेपालले देखेको मेडल टच सपना

पोखरा । घरेलु भूमीमा हुन गइरहेको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद अन्तर्गत आज (बुधबार) देखि महिला, पुरुष दुबैतर्फको ह्याण्डबल खेलहरु शुरु हुँदैछन् । यद्यपी, मंसिरको २३ गतेसम्म संचालन हुने ह्याण्डबलको दुबैतर्फको खेल पोखराको स्पोर्ट्स् भेन्यूमा हुँदैछ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलभित्र हुने ह्याण्डबल खेलका लागि ग्राउण्डलाई तयारी अवस्थामा राखिएको छ । ह्याण्डबल मैदानमा म्याटहरु…

पोखराको इतिहासमै पहिलो पटक १३ औं सागको पोखरा उद्घाटन

पोखरा ।  पर्यटकीय नगरी पोखराको इतिहासमै पहिलो पटक १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को भव्यरुपमा पोखरा उद्घाटन गरिएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सोमबार दिउँसो पोखरा रंगशालामा आयोजित समारोहमा सागको पोखरा उद्घाटन गरेका हुन् । उनले साग खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बताए । विशेष अतिथि…