पोखरा महानगरपालिकाको १५ औँ नगर सभा जारी छ। नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ। त्यसैगरी, वार्षिक विकास कार्यक्रम (बजेट) माथि दफावार छलफलका गर्न आइतबार बिहान ११ बजे नगरसभाको अर्को बैठक आह्वान गरिएको छ। शनिवारको नगरसभा बैठकमा नगरसभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन्। आइतबार वार्षिक विकास कार्यक्रम…
पोखराको तालचोक–बेगनास सडक–खण्ड विस्तारको काममा भइरहेको विलम्बका विषयमा पोखरा महानगरपालिकाले शहरी विकास मन्त्रालय, विकास साझेदार विश्व बैंक, निर्माण कम्पनी र परामर्शदातासँग गंभीरता पूर्वक छलफल गरेको छ। सो छलफलमा सहभागी निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले अव आफूले क्याच अप प्लान अर्थात् (व्यतित भइसकेको परियोजनाको समयावधिमा हुनुपर्ने कामको अनुपातमा परियोजनाको भौतिक प्रगति) अनुसार काम गर्ने…
पोखराको कालिकास्थान–पुँडिटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो–पुँडीटार–झिगटे(जनजागृती मावि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजीआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन्।…
पोखरा महानगरपालिको १५ औँ नगर सभाले आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। नगर सभाको सोमबार बसेको बैठकले छलफलपछि नगर प्रमुख धनराज आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा नगर सभा सदस्यहरूले सक्रियतापूर्वक सहभागिता जनाए। उनीहरूले नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रम समुन्नत पर्यटकीय पोखराको…
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा यस वर्षको बजेट ४३ करोड रुपैयाँ बढि हो। चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो। बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७…
पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ। महानगरप्रमुख आचार्यले आज (आइतबार) आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी संघ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए। महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको संभावना…
पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ। श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला बुधबार सकिएको हो। गण्डकी प्रदेका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार एक समारोहबीच समापन गरेका हुन्।…
पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ। ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम संचालन गरिएको हो। हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको हो। ‘विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर…
पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु भएको छ। आज (सोमबार) बाट सुरु ‘दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो। मेलाले सीप भएर पनि बेरोजगार भएका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्न सुरु गरेको छ। गण्डकी…
पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ । पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ। संभावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्न वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा…