राजनीति »

प्रेस युनियनले काँग्रेस महासमिति बैठक बहिष्कार गर्‍यो

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ। काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ। युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्। ‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका…

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी बनेका छन्। महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएकी छन्। अपांगता/अल्पसंख्यकतर्फ काँग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन्। शर्माले ३ हजार ६६० मत पाइन् भने परियारले ३ हजार ७७९ मतभार ल्याए। श्रेष्ठले ३ हजार ८०८ मतभार प्राप्त गरे।  

गठबन्धन राष्ट्रिय सभा सदस्यका उमेद्वारहरु गोरखामा

गठबन्धनबाट गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उमेद्वारहरु मतदाताहरुसँग भोट माग्न गोरखा सदरमुकाम गोरखा बजार पुगेका छन्। यही माघ ११ गते हुने राष्ट्रिय सभाका सदस्य पदको निर्वाचनका लागि सत्ता गठबन्धनका उमेद्वारहरु आफ्ना मतदातालाई भेटेर भोट माग्न गोरखा सदरमुकाम पुगेका हुन्। गण्डकी प्रदेशबाट गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेपाल…

संविधानको रक्षासँगै मुलुकको समृद्धि गठबन्धनको उद्देश्य

सत्तापक्षीय गठबन्धनका नेताहरूले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै गठबन्धनको मुख्य उद्देश्य भएको बताएका छन्। राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचार–प्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशका तर्फबाट आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले गठबन्धन मुलुकको आवश्यकता भएको बताए। सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार (तनहुँ) एवं…

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे गोरखामा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज (शुक्रबार) गोरखा आइपुगे। नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको पाण्डे पार्टीको गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा भाग लिन यहाँ आएका हुन्। नगर सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले काँग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्नेमा जोड दिए। ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति) लाई परिवर्तन गर्छु र कांग्रेस…

उत्पादनलाई पर्यटनसँग जोड्यौ भने मुलुक अगाडि बढ्छ: मन्त्री गुरुङ

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसँग जोडियो भने मुलुकको विकास हुने कुरामा जोड दिएका छन्। सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई…

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले भच्चेकमा योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको…

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा काँग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन्। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारले काँग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने प्रष्ट पारे। ‘काँग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन। हामी…

३३ प्रतिशत मात्र होइन, महिलाको समान सहभागिता हुनुपर्‍यो: अध्यक्ष हमाल

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन्। महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्दा रहेको उनले प्रष्ट पारिन्। अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको…

मेरो समाचार स्रोत गलत परेछ: बस्नेत (अध्यक्ष, प्रेस चौतारी)

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दु:खी रहेको बस्नेतले बताएका छन्। बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेपछि यस्तो बताएका हुन्। अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति…