राजनीति »

अन्तर्घाती काँग्रेसलाई कारवाही गर्न नेतृ गिरीको उजुरी

गत वैशाख ३० को स्थानीय चुनावमा पोखरा–८ बाट वडाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार शारदा गिरीले पार्टीभित्रका अन्तर्घातीहरुलाई कारवाही गर्न पार्टीसमक्ष माग गरेकी छन्। महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान इकाई सभापति सुभाष सिग्देल, वर्तमान इकाई रमेशप्रसाद बराल, क्षत्रीय प्रतिनिधि गीता पंगेनी पौडेलसम्मलाई कारवाहीका…

पेरिसडाँडामा माओवादी नेतृहरु छमछमी नाचे

माओवादी केन्द्रको हेटक्वार्टर पेरिसडाँडा पार्टी कार्यालयमा माओवादी नेतृहरु छमछमी नाचेका छन्। नेकपा माओवादी केन्द्रले आज (आइतबार) तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो। माओवादीको वाइसीएल केन्द्रीय महिला विभागको आयोजनामा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा महिला नेतृहरुको उपस्थिति थियो। यो क्रममा महिला नेतृहरुले छमछमी नाच्दै तीज मनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धको…

पोखरा विमानस्थल संरचनाको सदुपयोग गरौँ : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल संचालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गरेका छन्। पोखराको विकास सन्दर्भमा एक प्रेस नोट जारी गर्दै पौडेलले विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोक्न र रंगीचंगी फूल, वनस्पति तथा हरियालीसहितको ‘बोटानिकल गार्डेन’ बनाउने कार्यमा अग्रसरता लिन पोखरा महानगरसँग आग्रह गरे। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि…

मुद्दा मिलेका कारण माओवादीसँग तालमेल बन्यो : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा छौं,’ नेता भट्टराईले भने,…

निर्वाचन आयोगले दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशन गर्ने

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो। आयोगकले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ। ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि…

प्रधानमन्त्री देउवा–प्रतिपक्ष नेता ओलीको भेटघाट

सत्तारुढ दलका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीबीच बुधबार भेटघाट गरेका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको आज (बुधबार) बिहान भेटवार्ता भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रतिस्पर्धाको राजनीतिलाई अन्यथा नमानी प्रतिपक्ष दलमाथि निषेधको राजनीति गर्न नहुने बताएको भेटमा सहभागी…

आज ४ दलको नेपाल बन्द

विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका हुन्। सरकार र पार्टीबीच भएको ३ बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, महँगी र राष्ट्रघाती सन्धि र सम्झौताविरुद्ध संघर्ष…

माओवादी (केन्द्र) को प्रस्तावित पदाधिकारीहरु सर्वसम्मत चयन

नेकपा (माओवादी केन्द्र) मा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको पार्टी पदाधिकारीहरुको नाम सर्वसम्मत पारित भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको पदाधिकारीको नाम बैठकले सर्वसम्मत पारित गरेको हो। बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको माओवादी (केन्द्र) सचिवालयले जनाएको छ। जसमध्ये पार्टीको उपाध्यक्षमा…

नेकपा (माओवादी केन्द्र) मा २१ सदस्यीय पदाधिकारीको प्रस्ताव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरुको नाम प्रस्ताव गरेका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्। जसअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ छन्। यसैगरी, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल,…

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान संचालन गर्दै

नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरेको हो। अभियान ३ चरणमा संचालन हुने जनाइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि संचालन हुने पत्रकार सम्मेलनमा जानकारी…