वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखेका छन्। प्रगतिशील लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठीमा बोल्दै रेग्मीले भने, ‘वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न। वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले…
अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको स्थगित निर्वाचन मंसिर २३ र २४ गते हुने भएको छ। नेकपा (माओवादी केन्द्र) निकट संगठन अखिल क्रान्तिकारी अध्यक्ष मण्डलको आज (शनिबार) बसेकोे बैठकले मंसीर २३ र २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। अध्यक्षमण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३…
अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज (शुक्रबार) बन्दसत्र हुँदैछ। बन्द सत्र बिहान ११ बजेदेखि सुरु हुने जनाएको छ। बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ। बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ। शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्ने…
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विद्यार्थी भातृ मोर्चाको राष्ट्रिय बिहीबारदेखि काठमाडौंमा सुरु भएको हो। पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन्। नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रीत रहेर सम्मेलन ४ दिनसम्म चल्नेछ। त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा…
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) निर्वाचित भएकी छन्। बिहीबार पोखरामा सम्पन्न प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। जसको उपाध्यक्षहरुमा लिला बि.क. (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन्। त्यसैगरि, सचिवमा निर्मला सुवेदी ‘क्रान्ती’ (कास्की) निर्वाचित भएकी छन्। कोषाध्यक्षमा दिलमाया पुन…
नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालले संविधानको रक्षा र कार्यान्वयनका लागि अखिल क्रान्तिकारी महिलाहरु सचेत र सजग रहन अपिल गरेकी छिन्। अनेमसंघ (क्रान्तिकारी) गण्डकी प्रदेशको पोखरामा सुरु प्रथम सम्मेलनलाई सम्बोधन गर्दै भुषालले संविधानमाथि चुनौति थपिएको उल्लेख गरिन्। पार्टीकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी भुषालले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त संविधानबारे बेमौसमको बाजा बजाइन थालेको भुषालको आरोप…
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको असोज ३ गते, बिहीबार पोखरामा प्रथम सम्मेलन हुँदैछ। माओवादी (केन्द्र) को भातृ महिला संगठनले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर प्रदेशस्तरिय सम्मेलन गर्न लागेको हो। प्रदेशको ११ जिल्लाभरका ८५ पालिकाबाट प्रतिनिधित्व हुनेगरी करिब चार सय महिला प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहने संयोजक गीता शाहीले जानकारी दिइन्। शाहीकाअनुसार सम्मेलनले…
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले युवालक्षित कृषि कार्यक्रममा जोड दिएका छन्। उनले युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताए। कोइराला भन्छन्, ‘नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिन्छ।’ वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेपालमा कृषि क्रान्ति : सम्भावना र चुनौती…
प्रजातान्त्रिक आन्दोलमा योगदान गर्ने ११ जना योद्धाहरुलाई पोखरामा सम्मान गरिएको छ। विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई आज (बुधबार) सम्मान गरेको हो। दुुर्गादत्त पौडेल (नवलपुुर), तीलबहादुुर गुुरुङ (गोरखा), सानुुमाया गुुरुङ (लम्जुुङ), बुुिद्धकुुमार बतास (तनहुँ), राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कंडेल…
त्रिदिप गुरूङ अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका अध्यक्षमा चयन भएका छन्। अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको दोस्रो सम्मेलनबाट त्रिदिपको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो। खुल्ला उपाध्यक्षहरुमा वसन्त भट्टचन, सरोजवल्लभ भट्टराई, अशोक मरहट्टा निर्वाचित भएका हुन्। त्यसैगरी, समावेशीतर्फको उपाध्यक्षमा कुलबहादुर बुढा निर्विरोध निर्वाचित भएका छन्। छात्रा उपाध्यक्षतर्फ सिता बराल निर्विरोध निर्वाचित भएका छन्। प्रमुख सचिवमा सुजन बास्तोला…