पोखरा । विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । विप्लव समूहका पोलिटब्युरो सदस्यसमेत रहेका राई आइतबार नेकपाको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा पार्टी प्रवेश गरेका हुन् । नेता राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित सभासदसमेत हुन् । नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव…
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीको सदस्यहरुले आइतबार सफथ लिएका छन् । कास्की कमिटीका १५५ जिल्ला सदस्यले सपथ लिएका हुन् । सपथ लिनेहरुमा साविक नेकपा एमालेका ८८ र माओवादी केन्द्रका ६७ जना छन् । पार्टीको गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्यहरुले उनीहरुलाई सपथ गराएका हुन् । कार्यक्रममा…
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । काँग्रेसले उक्त विधेयकलाई फिर्ता लिन सरकारलाई बाध्य बनाउने चेतावनीसमेत दिएको छ । नेपाली काँग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले भने, ‘मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी छ…
पोखरा । काँग्रेस महामन्त्री खड्काले काँग्रेसहरुलाई कुँडिएका काँग्रेसी मनहरुलाई जागरण अभियानमार्फत माझ्नका लागि राष्ट्रिय अभियान शुरु गरिएको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट मुलुकभर एकसाथ शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेशको नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ कार्यक्रमअन्तरगत पोखरामा बोल्दै महामन्त्री खड्काले भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई अभियानमार्फत माझिनेछ ।’ खड्काले कुँडिएको काँग्रेसी मनहरुलाई एकता गराउने…
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले सोमबार सरकारको आर्थिक वर्ष ०७६/०७७ नीति तथा कार्यक्रममाथि भाग लिदैं प्रतिपक्ष काँग्रेसमाथि आक्रोस पोखिन् । नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको सचेतक चौधरीको भनाई थियो । ‘लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि योगदान पुर्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको छ,’ चौधरीले थपिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली…
पोखरा । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रको महाअभियानसँगै दलित मुक्तिको आन्दोलनलाई जोड्पर्ने बताएका छन् । राष्ट्रको समृद्धि र विकासको लक्ष प्राप्तिसँगै उत्पीडनमा परेका वर्गहरुले समेत मुक्ति पाउने मन्त्री विश्वकर्माको भनाई थियो । भिमबहादुर बि.क. ‘क्षितिज’ द्धारा लिखित ‘दलित उत्पीडन पहिचान र समाधान’ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले भने, ‘दलित…
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र प्रणाली नबुझेकाहरुले राष्ट्रपतिलाई होच्याएको बताएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आव २०७६/०७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘राष्ट्रपतिले सरकारको…
पोखरा । सरकारको स्पष्ट गन्तव्यसहित राष्ट्रपति विद्या भण्डारीद्धारा शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रमलाई समर्थन गर्दै सुझाव दिन प्रधानमन्त्री ओलीले नेकपा सांसदहरुलाई निर्देशन दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेकोे पार्टी संसदीय दलको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले पार्टीभित्रको छलफल र सबै मन्त्रालयको सुझाव र तथ्यांकका आधारमा स्पष्ट गन्तव्यसहितको अर्थपूर्ण…
पोखरा । जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले अभिनन्दन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक्यवद्धता ¥यालिपछि कोणसभामा बुधबार महर्जनलाई महासंघले अभिनन्दन गरेको हो । २२ दिनको हिरासत बसाईपछि पत्रकार महर्जन सर्वाेच्च अदालतको आदेशमा मंंगलबार रिहा भएका थिए । अभिनन्दनपछि बोल्दै पत्रकार महर्जनले रिहाईका लागि पहल गर्ने नेपाल…
पोखरा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको समृद्धि र विकासका लागि काँग्रेस–कम्युनिष्ट मिलेर जानुपर्नेमा जोड दिएका छन् । उनले समृद्धि र विकासका लागि सहकार्य गर्न काँग्रेससमक्ष आग्रह गरे । ‘विकासका लागि काँग्रेस–कम्युनिष्ट नभनीकन सहकार्य गर्न कम्युनिष्ट पार्टी र सरकार तयार छ,’ मन्त्री पोखरेलले भने, ‘हिँजो प्रजातन्त्रका लागि एकसाथ सँगै लड्यौं । काँग्रेस–कम्युनिष्ट एकापसमा लडेर…