राजनीति »

नेकपा एस कुनै पार्टीमा विलय हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्। पोखरामा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जुनकुनै पार्टीसँग संभव भएसम्म मोर्चा बनाउने बताए। एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलिन नहुने उनको तर्क थियो। नेता नेपालले भने, ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको…

घनश्याम भुसालले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ’

गाडी चलाउँदा–चलाउँदै बेहोश भएका एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। आज (शुक्रबार) दिउँसो आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा उनी गाडीमै बेहोश भएर सामान्य दुर्घटनामा परेका थिए। त्यसपछि सिभिल अस्पताल भर्ना भएका उनले आफूलाई ठिक रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्, ‘सडक…

सर्वोच्चले रवि लामिछानेलाई गैरनागरिक ठहर गर्‍यो

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको छ। शुक्रबार संवैधानिक इजलासले उनलाई गैरनागरिक ठहर गर्दै सांसद पद खारेज गर्ने फैसला गरेको हो। अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको इजलासको निष्कर्ष छ। अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी लामिछानेले सम्बन्धित…

मुख्यमन्त्रीको भागबन्डा टुंगियो

सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ। आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो। सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वागमती…

नेकपा एमाले पोखरा महानगर कमिटीको आपत्ति

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ। वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै एमाले महानगर कमिटीले अधिकारीमाथि कारबाहीको माग गरेको हो। एमाले महानगर कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक…

हरिबहादुर चुमान माओवादी केन्द्र गण्डकीको संसदीय दल नेता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन्। सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो। संसदीय दलको नेताबाहेकका अन्य पदाधिकारी…

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज (पुस १६ गते, शनिबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। आज काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति…

देशमा राष्ट्रिय सहमति आवश्यक: वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको आज (शुक्रबार) उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्। सम्पन्नताको बाटोमा जानका लागि राजनीतिक स्थिरता, सुशासन, द्रूत विकास आवश्यकता भएको उनको भनाई छ। ‘देशमा स्थायित्व,…

८ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन्। यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन्। अर्थमन्त्री पौडेलले यसअघि…

नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (सोमबार) प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए। नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिएका छन्। तेस्रो पटक प्रधानमन्त्री भएका दाहाल…