विज्ञान-प्रविधि »

टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ

शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका…

टिकटकले भेटाइदियो जुम्ल्याहा दिदीबहिनी एमी र एनीलाई

जर्जियामा एमी र एनी जुम्ल्याहा दिदीबहिनी हुन्। जन्मलगत्तै आमाबाट खोसेर कसैले दुवैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए। गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका थिए। त्यसैमा उनीहरू पनि बेचिएका थिए। जबकि, उनीहरू आफ्नो वास्तविक आमासँग छैनन्। उनीहरूलाई एक आपसमा थाहा समेत थिएन, आफूजस्तै अनुहार भएको अर्काे कोही छ भन्ने। दिदी बहिनीको भेट वर्षौपछि टिभी ट्यालेन्ट…

ढुक्क हुनुहोस, पोखरामा अब ‘ढुक्क’ एपमार्फत् होम सर्भिस र डेलिभरी सेवा पाइन्छ

पोखरामा होम सर्भिस र डेलिभरीको एप नेटवर्क संचालनमा आएको छ। एचटी मल्टिप्रपोज प्रालिले संचालनमा ल्याएको ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिन्छ। कम्पनीले पत्रकार सम्मेलन गरेर पोखरा लगायत काठमाण्डौं र चितवनमा ‘ढुक्क’ एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवा पाउन सकिने जनाएको छ। एपमार्फत होम सर्भिस, डेलिभरी तथा यातायातको सेवाको साथै स्मार्ट…

‘नमस्ते पे’ को प्रयोगकर्ता लाख नाघ्यो

‘नमस्ते पे’का प्रयोगकर्ता १ लाख नाघेका छन्। सरकारी लगानी रहेको भुक्तानी सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत नमस्ते पे संचालनमा छ। ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको नमस्ते पेमा टेलिकमको ५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४९ प्रतिशत लगानी छ। प्रविधिको उपयोगमार्फत ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा…

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाले नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौता गरेको छ। एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले उक्त सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरुलाई एनसेलको सिम प्रयोग गरि…

टेलिकमले एसईई अफरसहितको नि:शुल्क सिम कार्ड उपलब्ध गराउँदै

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको नि:शुल्क सिम कार्ड उपलब्ध गराउँदैछ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट नि:शुल्क उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा अफरहरू उपलब्ध गराउने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, १ प्रति फोटो…

नयाँ आर्थिक वर्षबाट इन्टरनेटको शुल्क घट्यो

नयाँ आर्थिक वर्ष २०७९/०८० बाट इन्टरनेटको शुल्क घटेको छ। आर्थिक विधेयकमार्फत दूरसंचार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरूवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो। अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ। इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टरकनेक्सन चार्ज र…

फेसबुक लाइभमा जोडिन साउदीस्थित नेपाली दूतावासको आग्रह

साउदीस्थित नपाली दूतावासले फेसबुक लाइभमा जोडिन त्यहाँस्थित नेपालीलाई आग्रह गरेको छ। दूतावासले भोली (शुक्रबार) आफ्नो आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रममा जोडिन नेपालीहरुलाई आग्रह गरेको हो। भोली (शुक्रबार, जुलाई १५ तारिख) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासको आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रम हुँदैछ। दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत…

महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्। गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान…

नागरिकका गुनासा, सल्लाह, सुझाव तथा समस्या सुन्न ह्वाट्सएप नम्बर

धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्। सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। यो नम्बर मेयर हमालसँगै हुनेछ। हमालले विकास निर्माणको काममा…