खेलकुद »

पोखराको लामाचौरमा यस वर्षपनि भलिबल प्रतियोगिता हुने

पोखराको लामाचौरमा हरेक वर्ष हुने तीज महोत्सवमा यस वर्षपनि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताले निरन्तरता पाउने भएको छ। महोत्सवको मुख्य आकर्षण नै राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हुने गर्दछ। महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप भलिबल प्रतियोगिता हो। दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५÷५ टिमले प्रतिस्पर्धा गर्नेछन्।…

नेपाल साफ यु–२० च्याम्पियनसीपको फाइनलमा

नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज (आइतबार) भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै फाइनल पुगेको हो। निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर शुट–आउटमा पुगेको हो। टाइब्रेकर शुट–आउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका २ टाइब्रेकर शुट बचाए। यस्तै,…

साफ यु–२० च्याम्पियनसीपमा नेपाल समूह विजेता

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज (बिहीबार) भएको खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो। नेपालको जितमा खेलको १७ औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे। बंगलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल…

नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा

घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज (मंगलबार) भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकबिहीन…

नेपाल साफ यु–२० फुटबलको पहिलो खेलमा विजयी

आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले निर्णायक गोल गरे। नीराजनले २३ औँ मिनेटमा गरेको एक मात्र गोल नेपालको जितमा पर्याप्त बन्यो। जितसँगै, नेपालले समूहमा ३ अंक बटुलेको छ।…

इन्द्रधारा बिष्टलाई ‘हाई अल्टिच्युड’ गल्फको उपाधि

गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको गल्फ प्रतियोगितामा विजयी विष्टले ९ होलको खेलमा ३ अण्डर हान्दै २१ स्कोर बटुले। त्यस्तै, ३ होलमा पार, १ मा त्रिपल बुगी र ५ होलमा बुगी खेले। ५ होलमा पार, एउटामा…

नेपालमा १९ वर्षमुनीको विश्वकप क्रिकेट एसिया छनोट हुने

नेपालमा १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट हुने भएको छ। छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जनाएको छ। प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागि हुनेछन्। यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ।

चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा पराजित

चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीसँग पराजित बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो। जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ। जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा…

पेरिस ओलम्पिक म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनमा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हासिल गरेकी छिन्। फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन्। ‘वाइल्ड कार्ड’ मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी हुन्। महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए। उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी…

काभा महिला भलिबल : भारतकी सालिनी सर्वोत्कृष्ट खेलाडी

भारतकी सालिनी काभा महिला भलिबल नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। बुधबार सम्पन्न फाइनलमा सालिनी काभा नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चयन भएकी हुन्। व्यक्तिगत स्पर्धातर्फ पनि भारतका खेलाडीहरुले बाजी मारे। भारतकी सूर्या र इरानकी काभारिन उत्कृष्ट मिडल ब्लकर बने। यसैगरी, भारतकी जुही उत्कृष्ट सेटर बनिन्। यस्तै,  नेपालकी सरस्वती चौधरी उत्कृष्ट अपोजिट खेलाडी बनिन्। यसैगरी, नेपालकी…