खेलकुद »

मनाङ–मच्छिन्द्रका ६ खेलाडी कारवाहीमा

काठमाण्डौं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि मच्छिन्द्र र मनाङका ६ खेलाडीहरु कारवाहीमा परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको हो । एन्फाको अनुशासन समितिले मच्छिन्द्र र मनाङका ६ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई…

प्रिन्स, सिंगल र डबल्स दुबै विधाको फाइनलमा

पोखरा । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिजको दुई बिधामा फाइनल पुगेका छन् । प्रिन्सले मेन्स सिंगलतर्फ र डबल्सत गरी दुबैतर्फ फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगितामा दोश्रो वरीयताप्राप्त तथा बिश्व जुनियर वरीयतामा १४ औं स्थानमा रहेका प्रिन्सले सेमिफाइनलमा भारतका अभिन बशिष्ठमाथि २१–१८, २०–२२ र २१–१७ को जित निकाल्दै…

माघको पहिलो हप्ताबाट पोखरामा प्रदेशस्तरिय मुख्यमन्त्री कप फुटबल

पोखरा । माघको पहिलो साताबाट पोखरामा मुख्य मन्त्री कप गण्डकी प्रदेशस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेशस्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको हो । माघको ४ देखि ९ गतेसम्म पोखराको भण्डारढिक आदर्श खेल मैदानमा हुने पत्रकार सम्मेलनमार्फत प्रतियोगिता संयोजक कृष्ण थापाले जानकारी दिए । एन्फा उपाध्यक्ष समेत…

मिलन युवा क्लब घलेल भलिबल च्याम्पियन

पोखरा । धम्पुसको मिलन युवा क्लबले घलेल भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । तमु ल्होछारको अवसरमा आयोजित गाउँस्तरिय पुरुष भलिबल तर्फ मिलन युवा क्लब धम्पुस च्याम्पियन बनेको हो । घलेलस्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भूमी युवा क्लब तप्राङलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा जुरे भूमी युवा क्लब…

ए डिभिजन लिगमा एनआरटी र जावलाखेलले अंक बाँड्यो

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लवले बराबरी खेल्यो । प्रतिस्पर्धात्मक खेलमा निधारित समयभित्र दुवै टिमले बराबरी खेल्दै १/१ अंक बाँडे । सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्दै आफूलाइ अब्बल सावित गर्न नसक्दा फराकिलो अंक बनाउन रोकिए ।…

लमजुङका दुई फुटबल खेलाडीलाई सम्मान

लमजुङ । लमजुङमा जिल्लाका दुई उपज फुटबल खेलाडीलाई सम्मान गरिएको छ । लमजुङका फुटबल खेलाडीहरु सावित्री भण्डारी ‘साम्बा’ र जय गुरुङलाई सम्मान गरिएको हो । २८ औं संस्करणको त्रिवेणी कपको समापन समारोहमा आयोजक त्रिवेणी क्लबले उनीहरूलाई सम्मान गरेको हो । जिल्लाबाट उत्पादन भएर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याति कमाउन सफल भई लमजुङको गौरव बढाउको भन्दै फुटबल…

एमएमसी कप क्रिकेटमा विभागीय एपीएफको जित

पोखरा । मनमोहन मेमोरियल एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले महत्वपूर्ण जित निकालेको छ । सेमिफाइनल प्रवेशको संभावना जीवितै राख्न जित्नैपर्ने खेलमा एपीएफले आयोजक एमएमसी इनरुवालाई ८३ रनले पाखा लगायो । विभागीय एपीएफले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याएको आयोजक एमएमसी ३६ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय २१…

मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आर्मीको विजयी शुरुवात

पोखरा । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुनसरीको इनरुवामा आइतबार भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १ सय ८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ ओभर ३ बलमा अलआउट…

चितवन राइनोज पीपीएल–२ को च्याम्पियन

पोखरा । चितवन राइनोज यस सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको च्याम्पियन बनेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवन राइनोजले पीपीएल–२ को उपाधि उचालेको हो । यस सिजनको पीपीएल–२ को समूह चरणका सबै खेल जित्दै फाइनल पुगेको पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ समेत हात पारेको छ ।…

अनुभवीविरुद्ध युवा जोसको पीपीएल–२ को फाइनल आज

पोखरा । चितवन राइनोज र विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिता को उपाधिका लागि आज (शनिबार) आमने–सामने हुँदैछन् । दोस्रो संस्करणको पीपीएल उपाधि कस्ले आफ्नो पोल्टामा पार्ने हुन् ? त्यसको लागि आज (शनिबार) पोखरा रंगशालामा हुने फाइनलको नतिजासम्म कुर्नुपर्नेछ । यद्यपि, प्रि­–फाइनल कन्फरेन्समा दुवै टिमका क्याप्टेनले जित आफ्नो पक्षमा आउने दाबी गरेका…