खेलकुद »

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रंगशालाको अवलोकन

भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रंगशाला निर्माणमा सहयोग गर्ने बताए । ‘रंगशालाको कामले गति लिएकोमा उत्साहित भएको छु,’ उनले भने, ‘समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस् । हामी…

ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पामाथि आर्मीको जित

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ…

शनिबार हिसान स्पोर्टस् मिटको समापन

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको १३ औं संस्करणको हिसान कास्की स्पोर्टस् मिट शनिबार समापन हुने भएको छ । पुसको ९ गतेदेखि शुरु भएको स्पोर्टस् मिट विद्यालयस्तरिय भलिबल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता हुदैँ समापन हुनेछ । शुक्रबार भएको छात्रा भलिवलमा केफ मावि र पोखरा मावि फाइनलमा प्रवेश…

अन्नपूर्ण युथ क्लब छोम्रोङ भलिबलको च्याम्पियन

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङमा सम्पन्न पुरुषतर्फको भलिबल उपाधि अन्नपूर्ण युथ क्लबले जितेको छ । अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङमाथि २५–२२, १७–२५, २५–२१ र २५–२० को सेटमा पाखा लगाउँदै उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले ८० हजार र उपविजेता चण्डी युवा क्लबले…

मुग्लिनको यति क्लबलाई नदीपुर फुटसल उपाधि

पोखरा । यति क्लब मुग्लिनले नदीपुर एमेच्योर फुटसलको उपाधि जितेको छ । पोखराको गणेशटोलस्थित बी फिट फुटसलमा शुक्रबार भएको फाइनलमा ब्रदर्श युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै यति फुटसल क्लबले उपाधि जितेको हो । उपाधिसँगै यतिले ४० हजार, ट्रफी, मेडल र प्रमाण हात पा¥यो । उपविजेता ब्रदर्शले नगद २० हजार सहित ट्रफी, मेडल…

शीर्ष वरीयताका प्रदीप खड्का र नविन मगर ओपन टेनिसको सेमिफाइनलमा

पोखरा । नेपालका शीर्ष वरीयताप्राप्त प्रदीप खड्का पोखरामा जारी १७ औं संस्करणको माछापुच्छ«े बैंक ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोेगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार मेन्स सिंगलतर्फ भएको क्वाटरफाइनल खेलमा खड्काले निरज गुरुङमाथि ६–१, ६–४ को सहज नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । प्रदीप कास्कीका टेनिस खेलाडी हुन् । घरेलु भुमी…

पीपीएलको फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्स

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सफल भएको छ । एलिमेनेटर राउण्डमा बुटवल ब्लाष्टरलाई नाटकीय ढंगमा २१ रनले पराजित गर्दै विराटनगरले चितवन राइनोजसँग उपाधिका लागि भेट सुनिश्चित गरेको हो । बुटबलमाथि विराटनगरको यो लगातार दोस्रो जित हो । लिग चरणका खेलमा ३ जितसहित अंकतालिकामा दोस्रो रहँदै सहजै प्ले–अफ…

ए डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा उक्लियो

काठमाण्डौं । यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार ३ खेलमा जित निकाल्दै मनाङ फेरी लिगको शीर्ष स्थानमा उक्लिएको हो । यस जितसँगै मनाङले ३ खेलबाट ९ अंक बनाएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले हरायो…

सागको टिम इभेन्टमा रजत र कास्य पदकधारीलाई पुरस्कार कति दिने हो सरकार ?

काठमाण्डौं । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले हालै नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले संघले उक्त माग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरको २५…

माघको दोस्रो हप्तादेखि ढोरपाटन महिला डबल लिग भलिबल शुरु

काठमाण्डौं । आगामी माघमा ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५ औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीप हुने भएको छ । आगामी माघको १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसीपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । सो च्याम्पियनसीपमा न्यू–डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा…