खेलकुद »

पोखरामा हिसान कास्कीको स्पोर्टस् मिट शुरु

पोखरा । पोखरामा बुधबारदेखि हिसान कास्कीको स्पोर्टस् मिट शुरु भएको छ । स्पोर्टस मिटमा छात्रा भलिबल, छात्रछात्रा टेबुल टेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको छ । बुधबार, छात्रा भलिबलतर्फ ११ वटा खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा टप्स मावि, सृजना मावि, कास्की मोडर्नाइज्ड, केफ, पोखरा उच्चमावि, लिटिल स्टेप, मदरल्याण्ड, न्यू ग्यालेक्सीले आ–आफ्नो खेल…

विराटनगरले पीपीएलमा बुटवलसँग प्ले–अफ खेल्दै

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको एलिमिनेटर राउण्डमा पुग्न सफल भएको छ । लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भएको हो । निकै सम्भावना बोकेको पोखरा रंगशालामा बुधबार विराटनगरले फराकिलो अन्तरले हराएपछि रनरेट आधारमा काठमाडौं लिग चरणबाटै बाहिरिन बाध्य भयो । बुटवलले जितेमात्र काठमाडौं…

राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई ज्ञानुबाबामा सम्मान

पोखरा । ज्ञानुबाबा आवसीय मावि पोखरा–२,मिरुवाले राष्ट्रिय महिला भलिबल समूहकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । ज्ञानुबाबा आवासीय माविबाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालय र राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला समूहकी कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक…

प्लेअफ पुग्न नपाई साविक बिजेता पोखरा पीपीएलबाट पाखा लाग्यो

पोखरा । साविक विजेता पोखरा पल्टन यसपालिको पीपीएलमा प्ले अफबाटै वञ्चित बनेको छ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा सोमबार एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित गर्दै पोखराले यसपालिको यात्रा टुंगाएको हो । झिनो ८० रनको लक्ष्य पछ्याएको धनगढीले मात्र ९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । पूरै ५…

इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन

एजेन्सी । इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । कतारको दोहामा भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई १–० गोलले हरायो । लिभरपुलले फ्लेमिङ्गोलाई अतिरिक्त समयमा हराउन सफल भएको थियो । प्रतिस्पर्धात्मक खेलको निधारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले निर्णायक गोल…

लाजियो इटालियन सुपर कप च्याम्पियन

एजेन्सी । युभेन्टसमाथि जित रच्दै लाजियो इटालियन सुपर कपको च्याम्पियन बनेको हो । आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३–१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो । लाजियोलाई उपाधि दिलउनको लागि लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले समान १÷१ गोल गरे । युभेन्टसका लागि पाउलो डीबालाले एक गोल गरे ।…

भुटानमाथि नेपालको यू–१५ को ६–१ को रोमाञ्चक जित

पोखरा । मैत्रीपूर्ण खेलमा नेपालको यू–१५ किशोरी टोलीले भुटानको फुटबल टिममाथि ६–१ को फराकिलो रोमाञ्चक जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली किशोरी टोलीले भुटानलाई ६–१ को गोल अन्तरले हरायो । नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरिन् । प्रिती राईले २ गोलको योगदान गरिन् । अमिशाले १२, ४८ र ५४ औं…

जेसिका–रशिलाको जोडीलाई बंगलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टनको रजत पदक

पोखरा । नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बंगलादेशको राजधानी ढाकामा भएको बंगलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमद रंगशालामा सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित भएको थियो । सो जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुइसित २१–८ र…

प्रधान सेनापति महिला फुटबलको फाइनलमा आर्मी–एपीएफको विभागीय डर्बी

पोखरा । विभागीय डर्बी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ काठमाण्डौंमा जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । जारी प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ फरक गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भुटानको…

विभागीय आर्मीलाई हराउँदै ए डिभिजन लिगमा मनाङको दोस्रो जित

पोखरा । अन्तिम समयको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले जारी सहिद स्मारका ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ । खेलको अन्तिम समयमा दयानन्द सिंहको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय नेपाल आर्मीको त्रिभूवन क्लबमाथि १–० संघर्षपूर्ण अन्तरमा जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलमा निधारित समयको खेल गोलरहित बराबरी भएपछि…