खेलकुद »

सागको भारोत्तोलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ । नेपालले कुल २० इभेन्टअन्तर्गत सहभागी १६ इभेन्ट्मा हरेकमा पदकसहित २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भयो । पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६…

बिच भलिबलमा नेपालको महिलातर्फ कांस्य

पोखरा । १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो । नेपालको दुवै टिम समूह उपविजेता हु“दै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह…

आर्चरीमा नेपाललाई १ रजत सहित ३ पदक

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । आइतबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सीमित भएको हो । नेपालले…

साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कांस्यमा चित्त बुझायो । फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट…

साग ह्याण्डबलमा पहिलो पटक नेपालको मेडल टच

पोखरा । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले रजत हात पारेको हो । स्वर्ण पदकका फाइनल खेलेको नेपाली महिला ह्याण्डबल टोली भारतसँग हारेपनि नेपाललाई रजत पदक दिलाएको हो । रजत पदक जितेसँगै ह्याण्डबलमा…

नेपाल पहिलो पटक साग ह्याण्डबलको फाइनलमा

पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ । पोखरा रंंगशालाको कभर्डहलमा शनिबार भएको महिलातर्फको दोस्रो प्रतिस्पर्धात्मक सेमिफाइनलमा पाकिस्तानमाथि २२–२१ को झिनो गोल अन्तरले नेपालको महिला टोली पहिलो पटक फाइनल पुगेको हो । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसँग फाइनल खेल्नेछ ।…

सागको भारोत्तोलनमा नेपाललाई थप २ रजत, ४ कास्य

पोखरा । १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले तेस्रो दिन शनिबारको प्रतियोगितामा २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । योसँगै जारी संस्करणमा नेपालको पदक संख्या २ स्वर्ण, २ रजत र १० कास्य पुगेको छ । रोचक के छ भने, पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान…

साग महिला फुटबलमा नेपाल–भारतको भिडन्त

पोखरा । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबलमा भारतले अर्को जित निकालेको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ । चार देशमात्रै सहभागी भएकाले प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइएको थियो । जसमा शनिबार भएको भारत र नेपालबीचको खेललाई ‘प्रिभ्यू म्याच’ का…

बिच भलिबलमा नेपालको मिश्रित परिणाम

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ । पोखराको लेकसाइडमा रहेको बाराही मैदानमा भएको खेलमा पुरुष टिमले १ जित र ३ हार ब्यहोरेको छ । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को…

महिला क्रिकेटमा नेपाललाई कास्य

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ । पोखरा रंगशालामा शनिबार तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो । टस जितेर ब्याटिङ रोजेको माल्दिम्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो । माल्दिभ्सको ब्याटिङमा…