त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ। १२४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर १०९ रन मात्रै बनायो। नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। यस्तै, कुशल मल्लले १२ रन जोडे। देव खनालले ११ रन बनाए। सन्दीप लामिछानेले १०…
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गुरुङसहित आगामी ३ वर्षका लागि २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल,…
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि जितेका छन्। पोखरा–२२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा निरोजले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्। पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकीले निर्धारित दुरी…
साफ यु–१७ च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। भुटानमा भएको खेलमा नेपाल भारतसँग ४–२ गोलले पराजित भएको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको ६१ र ६८ मिनेटमा गोल खान पुग्यो। त्यसपछि नेपालले ८२ मिनेटमा गोल फर्कायो। त्यसको ३ मिनेटमै भारतले अर्को गोल थप्दै ३–१ को अग्रता लियो। लगत्तै भारतले अर्को गोल…
नेपाल एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट हुन असफल भएको छ। न्यु ताइपेई सिटीमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० गोलले हार्न पुग्यो। प्रतियोगिताअनतर्गत नेपालको ४ खेलमा १ जीत र ३ हार भयो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले घरेलु टोली…
प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक दौडदैंछन्। ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ। यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४…
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ४१ औँ स्थानमा उक्लिएका हुन्। अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८ औँ, कुशल मल्ल ५१ औँ, सोमपाल कामी ५३ औँ, करण केसी ७६ औँ, गुलशन झा ९०…
१७ वर्ष मुनिको साफ च्याम्पियनसीपमा घरेलु टोली भुटानलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। भुटानको राजधानी थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालको जितमा कृष्णबहादुर आले र सुजन डंगोलले गोल गरे। घरेलु टोली भुटानका योनतेन थारचेनले गोल गरे। यो नेपालको दोस्रो जित हो। समूह चरणको…
एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग लज्जाजनक रपमा पराजित भएको छ। न्यु ताइपेई सिटीमा आज (बुधबार) भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि ६–० को गोलवर्षा गरायो। खेलको २० औं मिनेटमा सबिन घिमिरे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो। सबिनले उज्बेकिस्तानका खेलाडीको प्रहार हातले रोकेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए।…
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किङ्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण चालु हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्। त्रिदेशीय श्रृंखलामा लगातारको हारका कारण दबाबमा रहेको नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेल ओमानसँग…