पोखरा । बुटवल ब्लाटर्सले काठमाडौं गोल्डेन्सलाई सोमबार पराजित गर्न १ ओभरको एलिमिनेटर खेल्यो । खेल निर्धारित २० ओभरमा दुवै टोलीले समान १४० रनको स्कोर तयार गरेपछि नजिताको लागि १ ओभर एलिमिनेटर खेलिएको थियो । एक ओभरमा बुटवल व्लार्टसले १२ रन बनाएको थियो । हर्स टंकले २ चौकासहित १२ रन बनायो । जवाफी व्याटिङ गरेको काठमाडौं…
पोखरा । दिपेन्द्रसिंह ऐरीले उत्कृष्ठ बलिङ गरेपछि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै २ अंक जोडेको छ । क्वीन्स इभेण्ट म्यानेजेमन्ट प्रालिको आयोजनामा सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङमा उत्रिएको धनगढीले निधारित २० ओभरमा १ सय १७…
पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १/१ गोल गरे । फ्रेन्ड्सका शक्ति राईले १ गोल…
पोखरा । सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले राजधानी काठमाण्डौंमा जारी प्रधान सेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबलको एउटै खेलमा ३ ह्याट्रिय गर्न सफल भएकी छन् । भारतको सिक्किमविरुद्ध सोमबार भएको खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले १८ गोल गर्दा ‘साम्बा’ एक्लैले आफ्नो नाममा ९ गोल दर्ता गरेकी छन् । लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा सिक्किममाथि एपीएफकी अनु…
पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्ण सेकेण्डरी स्कुलले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनलमा छात्रतर्फ कास्की मोडर्नाइज्ड र छात्रातर्फ माउन्ट अन्नपूर्णले प्रतियोगिताको विजेता बन्दै उपाधि च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बालकल्याणलाई ५९–४६ अंकले हराउँदै…
पोखरा । ओपनर कुशल भुर्तेलको अविजित अर्धशतकसँगै पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजीत गर्दै प्रतियोगितामा पोखराले सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । जवाफमा पोखराले १…
पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने बताएका छन् । उनले वर्तमान सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा समेत खेलग्रामको अवधारणा ल्याएको उल्लेख गरे । पोखरामा शुरु भएको प्याब्सन कास्कीको १६ औं संस्करणको स्पोर्टस् मिटको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले भने, ‘खेल क्षेत्रको समृद्धि नभई मुलुकको समृद्धिको कल्पना…
पोखरा । पोखरामा १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र–छात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहीबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ माउन्ट अन्नपूर्णले सरस्वती आदर्श विद्याश्रमलाई ४१–२५ ले हरायो । बिहीबार छात्रतर्फ ४ खेल र छात्रातर्फ २ खेलहरु भएका छन् । छात्रतर्फकै अन्य खेलहरुमा भद्रकालीले नेपाल आदर्शमाथि ४३–८ को…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सकिएलगत्तै पोखराको क्रिकेट मैदानमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदैछ । यही मंसिरको २८ देखि १२ पुससम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन्स र काठमाडौं गोल्डेन्सले प्रतिष्पर्धा गर्नेछन् । यस्तै, दोस्रो दिन पहिलो खेलमा विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा अर्को खेलमा काठमाडौं…
पोखरा । नेपालको राष्ट्रिय यू–१९ महिला फुटबल टोलीले बहराइनसँग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । एएफसी यू–१९ च्याम्पियनसीपको छनोट खेलेको नेपालले बहराइनको यू–१९ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बहराईनमा हुने मैत्रीपूर्ण खेल कम्तिमा दुई वटा हुनेछन् । बराइनसँग नेपाली टोलीले तीनवटासम्म मैत्रीपूर्ण खेल खेल्ने संभावना छ । यसका लागि कुराकानी भइरहेको प्रशिक्षक हरिओम…