खेलकुद »

महिला भलिबल टिमलाई उपराष्ट्रपतिद्वारा सम्मान

पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार दिउँसो सम्मान गरेका छन् । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेको भन्दैे उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपराष्ट्रपति ‘पासाङ’ले टोलीका खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन् । उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही…

साग गेम खेल्ने नेपाली खेलाडीको तयारी पूरा

पोखरा । मंसीरको १५ गतेदेखि घरेलु भूमीमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली खेलाडीको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत टिम तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गरी नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी समेत गरेको छ । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर…

दोस्रो मैत्रीपूर्ण भलिबलमा भारतसँग नेपालको फराकिलो हार

पोखरा । भारतको राष्ट्रिय टिमसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित बनेको छ । बैंगलोरमा शुक्रबार साँझ भएको खेलमा नेपाल भारतसँग ५–० को सेटमा पराजित भएको हो । साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा भारतसँग नेपाल २५–१९, २५–१४, २९–२७, २७–२५ र २५–२१ ले पराजित भएको हो । मैत्रीपूर्ण भएको कारण पाँचै सेटमा…

अर्जेन्टिना सुपर क्लासिको फुटबल च्याम्पियन

एजेन्सी । अर्जेन्टिना सुपर क्लासिको फुटबलको च्याम्पियन बनेको छ । कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १–० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि…

इमर्जिङ टिम्स कप क्रिकेटमा हङकङबिरुद्ध नेपालको शान्दार जित

पोखरा । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले पराजित ग¥यो । यस जितसँगै नेपालले सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङ ४५ दशमलव ५ ओभरमा १ सय…

साग गेम आयोजनाको तिथिमितिमा तलमाथि हुँदैन : खेलकुदमन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग गेम आयोजनाको तिथिमितिमा तलमाथि नहुने बताएका छन् । मन्त्री विश्वकर्माले आयोजक राष्ट्रको हिसावले सागको तयारी अन्तिम चरणमा पुगेको बताए । खेल पूर्वाधार निरीक्षणका लागि पोखरा आएका मन्त्री विश्वकर्माले साग तयारी समिति पोखरा अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन समितिले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘साग गेमको…

साग खेल्ने नेपाली महिला फुटबल टिमको घोषणा

पोखरा । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने नेपाली महिला फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन् । अन्तिम छनोटको टोलीमा गोलकिपरहरु एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ परेका छन् । यस्तै, डिफेन्डरहरु पुजा राना, मनमाया…

कुवेतसँग खेल्ने नेपालको राष्ट्रिय फुटबल टोलीको तयारी

पोखरा । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको घरेलु खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी सुरु भएको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबारदेखि नेपालले तयारी सुरु गरेको हो । म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको दोस्रो दिनबाटै नेपालले तयारी सुरु गरेको हो । मुख्य…

एफसी यू–१९ च्याम्पियनसीपमा नेपाल–कीर्गिस्तानको बराबरी

पोखरा । इरानमा भएको एएफसी यू–१९ फुटबल च्याम्पियनसीप छनोटको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ । आइतबार साँझ तेहरानस्थित पीएएस रंगशालामा समूह चरणको अन्तिम खेलमा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल छनोटबाट बाहिरिसकेको थियो । अन्तिम खेल नेपालका लागि सुखद बिदाई बन्यो । अन्तिम खेलमा गोलरहित…

एभीसी सेन्ट्रल जोन भलिबलमा अफगानिस्तानमाथि नेपालको शान्दार जित

पोखरा । बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एसियन सेन्ट्रल जोन महिला च्याम्पियनसीपमा नेपालले सानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–५ ले जितेको नेपालले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–६ ले जितेपछि नेपाल सोझो सेटमा विजयी बन्यो…