खेलकुद »

टी–२० मा एमसीसीसँग नेपालको फराकिलो हार

पोखरा । नेपाल भ्रमणमा रहेको इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब एमसीसीले टि–२० खेलमा समेत फराकिलो जित हात पारेको छ । यू–१९ सहितको सिनियर खेलाडी सम्मीलित नेपाली टिमलाई एमसीसीले ११३ रनले हरायो । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर एक बलमा ७६ रन बनाएर अलआउट बन्यो । नेपालका लागि कमलसिंंह ऐरीले सर्र्वाधिक १८ रन बनायो ।…

एएफसी यू–१९ च्याम्पियनसीपमा इरानसँग फराकिलो गोल अन्तरले नेपालको हार

पोखरा । नेपाल इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसीप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । छनोट अन्तर्गत समूहको दोस्रो खेलमा इरानसँग ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो । खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती…

दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली पोखरामा

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली शनिबार पोखरा आइपुगेका छन् । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि पोखराको तयारी तथा आयोजनाबारे जानकारी लिन टोली शनिबार पोखरा आइपुगेको हो । सागमा सहभागी हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधि तथा ‘सेफ दि मिसन’को नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा…

निर्धारित समयमै नेपालमा साग गेम हुने सदस्य–सचिव सिलवालको दाबी

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले निर्धारित मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग गेम) हुने ग्यारेन्टी दिएका छन् । साग तयारी र योजनाको जानकारी लिन साउथ ओलम्पियन कमिटीको काउन्सिल र ‘सेफ दि मिसन’को टोलीसँगै पोखरा आएका सदस्य–सचिव सिलवालले यहाँ आयोजित पत्रकार सम्मेलनमा साग गेमको तयारी अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे…

साग गेमको तयारी अन्तिम चरणमा : मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । मन्त्री विश्वकर्माले उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत विश्वास दिलाए । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने गरी आफूहरुले दिनरात काम गरिरहेको उल्लेख…

चर्च ब्वाइज पूर्वाञ्चल गोल्डकपको फाइनलमा

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापामा जारी हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा शनिबार पुलिसलाई १–० गोलले स्तब्ध पार्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजको जितमा २६ औं मिनेटमा सुनिल खड्काले निर्णायक गोल गरे । भुवन बस्नेतको हेडरलाई पुलिसका…

समयमै १३ औं साग गेम सम्पन्न गर्ने साउथ एसियन ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको निर्णय

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकले नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमा हुने सुनिश्चितता दिएको छ । नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय काउन्सिलले गरेको हो । सरकारले पुर्वाधार निर्माणको काम समयमै सक्ने प्रतिबद्वता जनाएसँगै साग निर्धारित मितिमै हुने…

दक्षिण अफ्रिका तेस्रो पटक रग्बी विश्व कपको च्याम्पियन

एजेन्सी । दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ । जापानको योकोहामामा शनिबार भएको फाइनलमा इङल्याण्डलाई ३२–१२ को फराकिलो स्कोर अन्तरले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो । इङ्ल्याण्डलाई फराकिलो अन्तरले हराउने क्रममा दक्षिण अफ्रिकाले पहिलो हाफमै १२–६ को अग्रता बनाएको थियो । यससँगै दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्न सफल…

नेपालको यू–१९ क्रिकेट टोली इङ्ल्याण्डको एमसीसीसँग ३८ रनले पराजित

पोखरा । नेपालको यू–१९ क्रिकेट टिम इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी)सँग ३८ रनले पराजित भएको छ । भारतमा हुने च्यालेन्जर्स ट्रफी खेल्न जाने नेपाली यू–१९ टिमले एमसीसीसँग खेलेको हो । एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपालको युवा टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि विकेटकीपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक…

पूर्वाञ्चल गोल्डकपमा झापा–११ माथि पुलिसको जित

पोखरा । विभागीय नेपाल पुलिसले घरेलु झापा ११ एफसीमाथि शानदार जित दर्ता गर्दै पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको झापा ११ लाई पुलिसले २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले एक\एक गोल गरे । झापाको…