खेलकुद »

सुटिङको महिला टोली कतारतर्फ

पोखरा । सुटिङका दुई खेलाडी सहित तीन सदस्यीय नेपाली टोली आइतबार कतारको दोहा प्रस्थान गरेको छ । कतारमा हुने १४ औं एसियाली सुटिङ च्याम्पियनसीपमा सहभागिताका लागि टोली त्यसतर्फ गएको हो । नोभेम्बरको ३ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुमा सुस्मिता नेपाल र कल्पना परियार छन्…

श्रीलंकामा नेपाली राष्ट्रिय विच भलिबल टोलीको वैदेशिक प्रशिक्षण

पोखरा । नेपाली राष्ट्रिय विच भलिबल टोलीको वैदेशिक प्रशिक्षण श्रीलंकामा हुने भएको छ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि विच भलिबल टोली श्रीलंका जान लागेको हो । विच भलिबलको पुरुष टोलीमा सञ्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार छन् । त्यस्तै, महिला टोलीमा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला…

एएफसी यू–१९ च्याम्पियनसीप छनोटका लागि खेलाडी छनोट

पोखरा । एएफसी यू–१९ च्याम्पियनसीप छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नोभेम्बरको ६ तारिखदेखि इरानमा सुरु हुने प्रतियोगितामा नेपालको समूहमा घरेलु टोली इरानसहित कीर्गिस्तान र यूएई रहेको छ । नेपालको २३ सदस्यीय टिमको गोलकीपरहरुमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् । डिफेन्डरहरुमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन…

म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको विदाई

पोखरा । म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि म्यान्मार जान लागेका खेलाडीहरुलाई एक कार्यक्रमबीच विदाई गरिएको छ ।  एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार लगायत पदाधिकारीले टोलीलाई विदाइ गरे । यसअघि, म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको थियो । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेल अगाडि नेपालले म्यान्मारसँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दैछ…

नेपालले एसीसी इमर्जिङ टिमस् एसिया कप क्रिकेट खेल्ने तयारीमा

पोखरा । नेपालले एसीसी इमर्जिङ टिमस् एसिया कप क्रिकेट खेल्ने भएको छ । बंगलादेशमा हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने निश्चित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नोभेम्बरको १२ देखि २४ तारिखसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्नेछन् । सहभागी ८ टोलीलाई…

भारतमा नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडीहरुको वैदेशिक प्रशिक्षण

पोखरा । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडीहरुले भारतको महाराष्ट्र (कोलापुर)मा वैदेशिक प्रशिक्षण गर्ने भएका छन् । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेमको तयारीका लागि नेपालको राष्ट्रिय कबड्डी टोली कोलापुर प्रस्थान गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे । नेपाली राष्ट्रिय कबड्डीको पुरुष खेलाडीहरुमा जयबहादुर बोहरा,…

विभागीय सशस्त्र प्रहरी बलको एपीएफले जित्यो पोखरा क्रस कन्ट्री

पोखरा । विभागीय सशस्त्र प्रहरी बलको एपीएफले ‘पोखरा अन्तराष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौड जितेको छ । पहिलो पटक पोखराको खेलकुदमा मेघा इभेन्टका रुपमा आयोजना गरिएको क्रस कन्ट्री दौडमा एपीएफ प्रथम हुन सफल भएको छ । ‘लभ फर रन’ को नारा दिइएको उक्त स्पर्धामा एपीएफका गणेश ठकुरी, सन्तोषबिक्रम बिष्ट इन्द्रकला नेम्बाङले निर्धारित ४२.२ किलो मिटरको दूरीलाई…

पोखरा अन्तर्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको तयारी पूरा, पोखराकै पर्यटन खेलकुदमा नयाँ आयाम

पोखरा । पहिलो पटक पोखरामा हुन लागेको अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ । पोखराको बैदामस्थित बाराहीघाटबाट बुधबार विहान शुरु हुने अन्तर्र्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताए…

पोखरामा फ्रेन्चाइज च्याम्पियनसीप पीपीएल–२ को तयारी

पोखरा । एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरी क्रिकेटको फ्रेन्जाइज च्याम्पियनसीप संचालनमा आउँदैैछ । आगामी कार्तिकको २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता संचालनमा आउने भएको हो । एसीसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो संस्करणको पीपीएलको लागि आवश्यक तयारी शुरु गरिएको छ । एक महिनाभित्रमा क्रिकेट मैदानको मर्मत सम्भार…

महिला टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को महिला टी–२० क्रिकेटको वरीयतामा नेपाली महिला क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ । आइसीसीले गत सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल १५…