खेलकुद »

म्याराथनमा केन्याली धावक इलियट किप्चोगेको नयाँ रेकर्ड

पोखरा । केन्याली धावक इलियट किप्चोगे २ घन्टाभन्दा कम समयमा म्याराथान पूरा गर्ने खेलाडीका रुपमा नयाँ रेकर्ड राखेका छन् । दुई घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने खेलाडीका रुपमा किप्चोगे पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय केन्याली धावक किप्चोगेले ४२.२ किलोमिटरको दूरी १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन् । उनले…

पोखरामा ‘मिसन साग’ को प्रचार प्रसार

पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) गेमको प्रचार प्रसारका लागि पोखरामा निकालिएको ¥याली निकालिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति र कास्की जिल्ला खेलकुद बिकास समितिले पोखरा रंगशालाबाट बाजागाजा र १३ औं सागको ब्यानर सहित निकालेको ¥याली विन्ध्यवासिनी मन्दिरसम्म पुगेर सम्पन्न भएको थियो । नेपालीहरुको महान पर्व बडा दसैं…

भारतलाई साफ यू–१८ च्याम्पियनसीप फुटबल उपाधि

पोखरा । भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनशिपको उपाधि जितेको छ । राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा आइतबार भएको खेलमा बंगलादेशमाथि २–१ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेल सुरु भएको दोस्रो मिनेटमा नै भारतले अग्रता लिएको थियो । भारतका विक्रम प्रतापले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए…

प्यानलसहित चतुरबहादुर चन्द क्यानको अध्यक्षमा विजयी

पोखरा । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी बनेका छन् ।  चन्द ४४ मतका साथ अध्यक्ष पदमा निवार्चित भएका हुन् । प्रतिद्वन्दी विनयराज पाण्डेले १५ भोट प्राप्त गरे । चार दशकदेखि नेपाली क्रिकेटसँग जोडिएका पाण्डेलाई पराजित गर्दै चन्दले क्यानको नेतृत्व लिन सफल बने । चन्द प्यानलबाटै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४४ मत, महासचिवमा…

त्रिकोणात्मक टी–२० क्रिकेटमा सिंगापुरमाथि नेपालको शान्दार जित

पोखरा । सिंगापुरविरुद्वको त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा कप्तान पारस खड्काको शतक प्रहार मद्दतमा नेपालले सिंगापुरविरुद्ध शान्दार जित हात पारेको छ । पारसकै कीर्तिमानीमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको हो । जितसँगै नेपालका कप्तान पारस खड्काले विश्व कीर्तिमान कायम गरेका छन् । सिरिज अन्तरगत सिंगापुरविरुद्वको खेलमा कप्तान पारसले शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका…

इङ्ल्याण्डको राष्ट्रिय वेम्बली रंगशालामा युइएफए च्याम्पियन्स लिग–२०२३ को फाइनल खेल

पोखरा । इङ्ल्याण्डको राष्ट्रिय वेम्बली रंगशालालाई युइएफए च्याम्पियन्स लिग–२०२३ को फाइनल खेलका लागि तय गरिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको बोर्ड बैठकले सन् २०२१, २०२२ र २०२३ को तीन संस्करणको च्याम्पियन्स लिगको फाइनल हुने रंगशालाको तय गरेको हो । युइएफएले सन् २०२१ को फाइनल खेल रुसको सेन्ट पिटर्सवर्गमा, सन् २०२२ को च्याम्पियन्स लिगको…

साफ यू–१८ फुटबल भारत सेमिफाइनलमा

पोखरा । भारतले साफ यू–१८ फुटबल च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ । बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा भारतले श्रीलंकामाथि तीन गोलको वर्षा गरायो । भारतका गुरकिरत सिंहले ६५ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता…

एक दिवसीय क्रिकेटमा नेपाल एक स्थान तल

पोखरा । आइसीसी पुरुष एक दिवसीय टोलीको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बुधबार सार्वजनिक गरेको यस महिनाको वरीयतामा नेपाल १७ औं स्थानमा झरेको हो । नेपाल अघिल्लो वरीयतामा १६ औं स्थानमा थियो । नेपालले खेलेको ८ खेलमा १९ रेटिङबाट १ सय ५२ अंक पाएको छ । यस वरीयतामा…

साफ यू–१८, नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

पोखरा । साफ यू–१८ च्याम्पियनसिपमा खराब नतिजापछि प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । नेपालमै भएको साफ यू–१८ को पहिलो चरणबाटै साविक बिजेता घरेलु नेपाली पहिलो चरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले राजीनामा बुझाएका हुन् । प्रशिक्षक श्रेष्ठले हारको जिम्मेवारी लिँदै राजीनामा दिएको अखिल नेपाल फुटबल संघले जनाएको छ । अघिल्ला २ संस्करणको च्याम्पियन नेपाल जारी साफ…

भारतलाई स्ट्यान्डिङ क्रिकेटको उपाधि

पोखरा । अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले ३ वटै खेलको शृंखलामा ३–० ले क्लीन स्वीप गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । भारतका इमरान मल्लिकले…