युएस ओपन टेनिसको उपाधि क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले जितेकी छन् । युएस ओपनको फाइनलमा आठौँ बरियताकी ३७ वर्षे अमेरिकी सेरेना विलियम्सलाई ६–३ र ७–५ को सोझो सेटमा क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले स्तब्ध पारिन् । सेरेना विलियम्स युएस ओपनको फाइनलमा आएर बिएन्का एण्ड्रिस्क्यूसँग पनि पुनः स्तब्ध भएकी छन् । पछिल्लो समय सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार…
पोखरा । पोखरा रंगशालाको बास्केटबल कोर्टमा संचालित प्रथम मेयर कप बास्केटबल प्रतियोगिता आइतबार सकिएको छ । प्रतियोगितामा विद्यालय तहको (कक्षा १०) छात्रतर्फ कुमुदिनी होम्स र छात्रातर्फको उपाधि मनकामना बोर्डिङले जितेको छ । त्यस्तै, विद्यालय तहकै (कक्षा १२) को स्पर्धामा छात्रतर्फ पोखरा सेकेण्डरी स्कुल र छात्रातर्फको उपाधि न्यू ग्यालेक्सीले जितेको छ । ब्याचलर छात्रतर्फको उपाधि जनप्रिय…
पोखरा । कीर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई ८–२ गोल अन्तरले हराउँदै शान्दार जित हात पारेको हो । नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा ४ गोल गरिन् । कीर्गिस्तानविरुद्ध नेपाली महिला टिमले दोस्रो मिनेटमा नै गोलको मौका पाएपनि सदुपयोग गर्न सकेन । सावित्रा…
पोखरा । असोजको पहिलोे सातादेखि पोखरामा सातौं संस्करणको संगम कप फुटवल प्रतियोगिता हुने भएको छ । पोखराको संगम क्लवको आयोजनामा फुटवल खेलको विकास गर्ने उद्देश्यले असोजको ६ देखि ११ गतेसम्म लेखनाथको सैनिकबस्तीस्थित भण्डारढिक खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लवले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । पोखरा रंगशालामा फुटवल मैदान हाल…
पोखरा । एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ । पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने संभावना सकिएको हो । अब नेपालले मंगलबार प्रतिष्ठाको लागि मात्रै यूएईसँग खेल्नेछ । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले दिएको २६२…
पोखरा । लामा अमृत फाउन्डेशन घान्दु्रकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ । पोखराको नदिपुरमा सम्पन्न फाइनल खेलमा एपीएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९, १८–२५ र १६–१४ को सेटले पराजित गर्दै एपीएफ टिम ‘बी’ ले दोस्रो पटक उपाधि जितेको हो । उपाधिसँगै टिम ‘बी’…
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिरको २८ गतेबाट संचालन गर्ने भएको छ । एन्फाले आगामी वर्षदेखि भने प्रत्येक लिग नोभेम्बर १ देखि संचानल गर्ने स्थायी मिति निर्धारण गरिएको समेत जनाएको छ । सिजनको लिगका लागि १४ वटा क्लबले १८/१८ जना खेलाडी दर्ता गराइसकेको समेत एन्फाले जनाएको…
पोखरा । ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तराष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने भएको । नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तराष्ट्रिय टी–२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताएका छन् । शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।…
पोखरा । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तेक्वान्दो खेलाडीको छनोट गरिएको छ । तेक्वान्दो संघले सागमा नेपालको प्रतिनिधित्व गर्ने ३४ खेलाडीको नाम घोषणा गरेको हो । सागमा महिला ४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठ, ४९ केजीमुनि आर्मीकै युनिशा राई, ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का तथा ५७ केजीमुनि पुलिसकी नीमा गुरुङ छन्…
खलङ्गा । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता भदौको २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत, चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ । शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनबारे जानकारी दिइएको हो । कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने…